नेपाल पुलिस क्लबले श्रीलंकन एयर फोर्सलाई सजिलै हरायो

काठमाडौँ । मल्दिभ्सको राजधानी मालेमा जारी काभा महिला भलिबल क्लब च्याम्पियनसिपमा नेपाल पुलिस क्लबको टोलीले लगातार दोस्रो जित हात पारेको छ । नेपाल पुलिस क्लबले सोमबार खेलिएको खेलमा श्रीलंकन एयर फोर्सको टोलीलाई ३–० सेटले हराएको हो ।
पुलिस क्लबले यसअघि आफ्नो पहिलो खेलमा आइतबार उज्बेकिस्तानको हुमो क्लबलाई ३–० सेटमा पराजित गरेको थियो । श्रीलंकन एयर फोर्सविरुद्ध नेपाल पुलिस क्लबले पहिलो सेटको नतिजालाई २५–१६ अंकले आफ्नो पक्षमा पारेको थियो ।
दोस्रो सेटको नतिजालाई पनि पुलिस क्लबले २५–२० अंकले आफ्नो पक्षमा पार्यो । तेस्रो सेटको खेल तुलनात्मक रुपमा निकै प्रतिस्पर्धात्मक थियो । तर, पुलिस क्लबले तेस्रो सेटमा पनि श्रीलंकन एयर फोर्सलाई २५–२१ अंकले पछि पारेको थियो । नेपालको लिगको विजेताका रुपमा पुलिसले क्लब उक्त च्याम्पियनसिपमा सहभागिता जनाएको हो ।
नेपाल पुलिस क्लबले आफ्नो तेस्रो खेल मंगलबार ताजकिस्तानको भीसी दियामेदसँग खेल्नेछ । पुलिस क्लबले चौथो खेल बिहीबार माल्दिभ्सको क्लब भामकोसँग खेल्नेछ । नेपाल पुलिस क्लबले लिग चरणको पाँचौँ तथा अन्तिम खेल शुक्रबार माल्दिभ्सकै पुलिस क्लबसँग खेल्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पिकअप भ्यान पल्टिंदा दुई जनाको मृत्यु, २२ जना घाइते
-
चीनमाथि थप ५० प्रतिशत अतिरिक्त भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
निर्माणाधीन एसियाली राजमार्गले निम्त्याएको प्रदूषण नियन्त्रण गर्न स्थानीयको माग
-
सञ्चारकर्मी तथा गीतकार राधिकाको ‘फूल फूल्यो फक्रियो’ सार्वजनिक
-
आईपीएलमा मुम्बई इन्डियन्सको चौथो हार, बैंग्लुरु तेस्रो स्थानमा यथावत
-
डढेलोले सखाप हुँदै जङ्गल