बिहीबार, ०६ मङ्सिर २०८१
ताजा लोकप्रिय
सेयर बजार

५७ अंकले घट्यो बजार, परिसूचक २५८० बिन्दुमा

सोमबार, ३१ भदौ २०८१, १५ : १२
सोमबार, ३१ भदौ २०८१

काठमाडौँ । सोमबार सेयर बजार परिसूचक (नेप्से) मा ५७ अंकको गिरावट आयो । २६३६ बिन्दुबाट सुरु भएको बजार परिसूचक २५८० बिन्दुमा ओर्लिएर कारोबार रोकिएको छ । 

यसअघि गएको साउन १० गते परिसूचक २५६८ बिन्दुमा थियो । त्यसपछि बजार उक्लिएर साउन ३१ गते ३००० बिन्दुसम्म पुगेको थियो । ३००० पुगेसँगै बजारमा करेक्सन देखिन थालेको छ । 

सोमबार कुल ३१२ कम्पनीको १ करोड ७० लाख ६१ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ७ अर्ब ३६ करोड १९ लाख रुपैयाँको कारोबार भएको छ । आज २२७ कम्पनीको सेयर मूल्य घटेको छ । १४ कम्पनीको मूल्य बढेको छ भने ३ कम्पनीको मूल्य स्थिर रह्यो । 

आज आत्मनिर्भर लघुवित्त, हिमालयन हाइड्रो पावर लिमिटेड र जउत्थान सामुदायिक लघुवित्तको सेयर मूल्य १० प्रतिशत हाराहारीमा बढेको छ । त्यस्तै गुडविल फाइनान्स, थ्रिस्टार हाइड्रोपावर, नेपाल फाइनान्स लिमिटेड लगायत कम्पनीको मूल्य भने सबैभन्दा धेरै घटेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप