बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

फलफूलमा भुसुना आउन नदिने घरेलु उपाय

सोमबार, ३१ भदौ २०८१, १५ : ०३
सोमबार, ३१ भदौ २०८१

काठमाडौँ । तपाईँले याद गर्नुभएको छ होला, फलफूल राखेको टोकरीमा प्रायः साना भुसुनाहरू घुम्छन्। अझ जब तपाईं फलहरू काटेर टेबलमा खानको लागि राख्नुहुन्छ, तब यी भुसुनाहरू आइहाल्छन् । 

त्यस्ता भुसुनाको सम्पर्कमा आउँदा फलहरू विषाक्त हुन सक्छन् र गुणस्तर कम हुन सक्छ । यसले तपाईंको स्वास्थ्यलाई असर गर्न सक्छ । 

यदि तपाईं फलफूलमा बारम्बार आउने भुसुनाका कारणले समस्यामा हुनुहुन्छ भने केही प्राकृतिक चीजहरूको मद्दतले तपाईं तिनीहरूलाई सजिलै घरबाट टाढा राख्न सक्नुहुन्छ।

भिनेगरको प्रयोग 

बजारबाट फलफूल किन्दा पहिले यी फलहरूलाई भिनेगरको पानीमा राम्ररी धुनुहोस् र त्यसपछि भण्डार गर्नुहोस् । यति मात्र होइन, टेबल सफा गर्दा पानीमा दुई चम्चा भिनेगर हाल्नुहोस् र राम्ररी पुछ्नुहोस्। यसरी भुसुना मात्र होइन, कुनै पनि प्रकारका कीराहरू नजिक आउँदैनन्।

एप्पल साइडर भिनेगर 

एक कपमा आधा कप एप्पल साइडर भिनेगर राख्नुहोस् र त्यसमा दुई थोपा डिश वासर हाल्नुहोस्। यसलाई राम्ररी मिलाउनुहोस् र सावधानीपूर्वक पोलिथिनमा राख्नुहोस्। अब भान्साकोठामा पोलिथिन झुण्डाएर पिनले सानो प्वाल बनाउनुहोस् । यसरी दिनभर पानी चुहिरहन्छ र भिनेगरको गन्धले झिंगा र भुसुनालाई टाढा राख्छ।

लेमन ग्रास लिक्विड

एक गिलास पानी तताएर त्यसमा ४ देखि ५ थोपा लेमन ग्रास तेल हाल्नुहोस् । अब यसलाई स्प्रे बोतलमा राख्नुहोस् र यसलाई जताततै स्प्रे गर्नुहोस् र १ मिनेट पछि यसलाई राम्ररी पुछ्नुहोस्। यसले भुसुना आउनलाई रोक्छ ।

लसुन वा नीमको प्रयोग 

लसुन वा नीमको पात फलफूलको छेउमा राख्नाले पनि भुसुनाहरू आउँदैन । 

यी घरेलु उपायहरूको मद्दतले तपाईँले केही मिनेटमा नै भुसुनाबाट छुटकारा पाउन सक्नुहुन्छ र आफ्नो फलफूल सुरक्षित राख्न सक्नुहुन्छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप