राजनीति अस्थिरता नै समृद्धिको बाधक : अर्थमन्त्री पौडेल
बुटवल । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजनीतिक अस्थिरता नै समृद्धिको बाधक रहेको बताएका छन् । सोमबार बुटवल उद्योग वाणिज्य संघको ६९ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले नेपालमा ५ वर्ष सकार टिक्नुपर्नेमा हालसम्म कुनै पनि सरकार ५ वर्ष टिक्न नसकेको बताएका हुन् ।
अर्थमन्त्री पौडेलले अहिले गठबन्धन सरकार स्थिरता ल्याउनको लागि बनेको बताए । उनले राजनीतिमा स्थिरतासँगै नीतिमा स्थिरता, कार्यान्वयनमा स्थिरता आउने बताए ।
वर्तमान सत्ता गठबन्धन पूर्ण कार्यकालमा रहने बताउँदै उनले समीकरण र सहयात्राले पूर्णता पाउने उल्लेख गरे । कांग्रेस र एमालेबिच आलोपालो सरकारको नेतृत्व गर्ने सहमति अनुसार नै गठबन्धन अघि बढ्ने उनले बताए । अहिलेको सरकार बनेपछि जनतामा उत्साह आएको उनले दाबी गरे । आर्थिक क्षेत्रमा समेत सुधारको सङ्केत आएको उनले दाबी गरे ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले नीतिगत स्थायित्व दिन नसक्दा लगानीकर्ताको मनोबल बढ्न नसकेको बताए । अध्यक्ष ढकालले लगानी गर्दा कानुनी अप्ठ्यारा र झन्झट फुकाउन सरकारलाई आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय गौरवका आयोजनामा २५ प्रतिशत खर्च
-
‘एसियन हाइवे’ निर्माणले लियो गति
-
१२ बजे, १२ समाचार : प्रचण्ड ओलीप्रति आक्रामकदेखि रवि चौथो पटक धरौटी तिरेर रिहासम्म
-
प्रचण्डले असन्तुलित अभिव्यक्ति दिएको भन्दै शंकर पोखरेलको कटाक्ष
-
अर्जुन ट्रफी : डडेल्धुरा सेमिफाइनलमा
-
सुपर माछा खोला जलविद्युत् आयोजनाका लागि ऋण लगानी सम्झौता