सोमबार, १४ असोज २०८१
ताजा लोकप्रिय
संसद् बैठक

प्रतिनिधि सभा : शक्ति बस्नेतको प्रश्नमा ओलीको प्रतिप्रश्न

सोमबार, ३१ भदौ २०८१, १४ : ३५
सोमबार, ३१ भदौ २०८१

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पाँचथरमा केही साता अघि भएको विस्फोटमा दुई बालबालिकाको मृत्यु भएको विषयलाई के भन्ने भनेर प्रश्न गरेका छन् ।

प्रधानमन्त्री ओलीले सोमबार प्रतिनिधि सभा बैठकमा आफ्नो सम्बोधन सुरु गर्दै पाँचथर विस्फोट र बालबालिकाको मृत्युबारे चर्चा गरेका हुन् ।

त्यसअघि नेकपा माओवादी केन्द्रका नेता शक्ति बस्नेतले प्रतिनिधि सभा बैठकमा क्रान्तिलाई हिंसाका रूपमा व्याख्या गर्ने हो भने झापा विद्रोह र २००७ साललाई के भन्ने भनेर प्रश्न गरेका थिए ।

बस्नेतको सोही प्रश्नतिर लक्षित गर्दै प्रधानमन्त्री ओलीले प्रतिप्रश्न गरेका हुन् । उनले आफू धेरै विषयमा चर्चा गर्न उपस्थित नभएको भन्दै पाँचथर घटनाबारे भने सुरुवातमै उल्लेख गरे ।

‘प्राकृतिक प्रकोप पनि होइन त्यो । बम बिस्फोटबाट भन्नुपर्ने हो कि होइन ! दुई बालबालिकाको मृत्यु भयो,’ ओलीले भने, ‘दुई जना घाइते छन् ।’ सो घटनालाई के भनेर बुझ्ने भन्ने ओलीको प्रश्न थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप