१८ महिनापछि श्रीलङ्काको टेस्ट टोलीमा फर्किए ओसादा फर्नान्डो
काठमाडौँ । माथिल्लो क्रमका ब्याट्सम्यान ओसादा फर्नान्डो १८ महिनापछि श्रीलङ्काको टेस्ट टोलीमा फर्किएका छन् । न्युजिल्यान्डविरुद्धको दुई टेस्टको शृङ्खलाका लागि घोषित श्रीलङ्काली टोलीमा उनलाई पनि स्थान दिइएको छ ।
श्रीलङ्का क्रिकेट बोर्डले न्युजिल्यान्डविरुद्धको टेस्टका लागि १६ सदस्यीय टोलीको घोषणा गरेको हो । ओपनर ब्याट्सम्यान निसान मदुसकालाई भने टोलीमा स्थान दिइएको छैन । घरेलु टोली श्रीलङ्का र न्युजिल्यान्डबिचको टेस्ट शृङ्खला यसै महिना सुरु हुनेछ ।
श्रीलङ्काली टोलीमा अलराउन्डर निसला थारका र तीव्र गतिका बलर कसुन रजिथालाई पनि टोलीमा समावेश गरेको छैन । श्रीलङ्काको ‘ए’ टोलीमा उत्कृष्ट प्रदर्शन गरेका कारण ओसादालाई सिनियर टोलीमा फिर्ता बोलाइएको हो ।
३२ वर्षीय ओसादा श्रीलङ्काको ‘ए’ टोलीको प्रतिनिधित्व गर्दै हाल दक्षिण अफ्रिका भ्रमणमा छन् । किम्बर्लीमा सम्पन्न पहिलो टेस्टमा उनले क्रममा क्रमशः एक सय २२ र ८० रन बनाएका थिए । उनी प्लेयर अफ दि म्याच पनि घोषित भएका थिए । उक्त खेलमा श्रीलङ्का विजयी भएको थियो ।
उनले हालसम्म २१ टेस्ट खेलेका छन् । श्रीलङ्का र न्युजिल्यान्डबिचको दुबै टेस्ट गालेमा खेलिने छ । पहिलो टेस्ट सेप्टेम्बर १८ तारिखमा सुरु हुनेछ । न्युजिल्यान्डको टोली भारत हुँदै श्रीलङ्का भ्रमणमा निस्किएको हो ।
न्युजिल्यान्डविरुद्धको टेस्टका लागि घोषित श्रीलङ्काली टोलीमा धनन्जय डी सिल्भा (कप्तान), दिमुथ करुणारत्ने, पाथुम निसानका, कुशल मेन्डिस, एन्जेलो म्याथ्यूज, दिनेश चण्डिमल, कामिन्दु मेन्डिस, सदिरा सामराबिक्रमा, आसादा फर्नान्डो, आसिथ फर्नान्डो, विश्वा फर्नान्डो, लाहिरु कुमारा, प्रभाथ जयसूर्या, रमेश मेन्डिस, जेफरी भान्डेरसी र मिलन रथनायके रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्राइटन, वुल्भ्स विजयी हुँदा एस्टन र क्रिस्टल, एभर्टन र ब्रेन्टफोर्डले अंक बाँडे
-
प्रिमियर लिग : आर्सनलको शानदार जित
-
लेस्टरलाई हराउँदै तेस्रो स्थानमा उक्लियो चेल्सी
-
प्रिमियर लिग : म्यान्चेस्टर सिटी ४-० ले पराजित, पेप ग्वार्डिवलालाई झट्का
-
इजरायली आक्रमणमा १०० बढी प्यालेस्टाइनी मारिए
-
आँधीमूलको कृत्रिम तालमा डुङ्गा शयर