सोमबार, १४ असोज २०८१
ताजा लोकप्रिय
संसद् बैठक

हिमाल र समुन्द्रका बारेमा विश्वको ध्यानाकर्षण गराउँछौँ : प्रधानमन्त्री ओली

सोमबार, ३१ भदौ २०८१, १४ : ३०
सोमबार, ३१ भदौ २०८१

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्र संघको महासभामा नेपालका आफ्ना नीति दृष्टिकोण, अडान समस्या र उपलब्धिहरूबारे विश्वलाई जानकारी गराउने बताएका छन् । 

संयुक्त राष्ट्रसंघको ७९ औ महासभामा भाग लिन असोज ४ गते त्यसतर्फ जान लागेको संसदलाई जानकारी गराउँदै प्रधानमन्त्री ओलीले यस्तो जानकारी गराएका हुन् । उनले त्यहाँ नेपाल सार्वभौमसत्तासम्पन्न, स्वतन्त्र देश भएको भन्दै सोही कुराको जानकारी गराउने पनि बताए । ‘राष्ट्रिय हितलाई तलमाथि पर्न नदिने नेपालको प्रतिबद्धता, असल छिमेकीको रूपमा छिमेक सम्बन्ध राख्न चाहन्छ । छुद्र र अहित होइन । र त्यस्तै व्यवहार छिमेकीहरूबाट पनि चाहन्छ’, ओलीले भने, ‘संयुक्त राष्ट्रसंघको वडापत्र, असंलग्न आन्दोलनका सिद्दानतहरु र आन्तरिक मामलामा हस्तक्षेप नगर्ने, कसैको सार्वभौमसत्तामा दखल नदिने र स्वतन्त्र नीतिमा हस्तक्षेप नगर्ने नेपालको स्थापित नीति संयुक्त राष्ट्रसंघमा राख्नेछौ ।’ 

उनले नेपालको आन्तरिक विषय राष्ट्र संघमा लगेर नछर्ने भन्दै राष्ट्रका चुनौती र अभिभाराहरूमा छलफल हुने बताए । उनले संयुक्त राष्ट्रसंघमा सामान्य छलफल नभएर अलि गम्भीर छलफलहरू हुने बताए । उनले मानव जाति र धर्तीको कसरी सुरक्षित भविष्य सुनिश्चित गर्ने भनेर बालबालिका र वातावरणका पक्षमा सहकार्यबारे छलफल हुने भएकाले आफ्ना दृष्टिकोणहरू प्रस्तुत गर्ने बताए । साथै उनले समुन्द्रको सतह बढेको विषय र वातावरणीय विषयमा हिमाल र समुन्द्रको इकोसिस्टमका बारेमा छलफल हुने पनि बताए । हिमालमा हिउँ पग्लिएर परेको प्रभावका बारेमा विश्वलाई प्रभाव परिरहेको भन्दै प्रधानमन्त्री ओलीले नेपालसहित अन्य देशले भोगेको ड्रग्सकाबारेमा समेत नेपालले गम्भीर रूपमा ध्यानाकर्षण गराउने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप