रवि लामिछानेले सहकारीबाट पैसा लगेको देखिएन : खनाल

काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदनमा रास्वपाका सभापति रवि लामिछाने दोषी नदेखिएको समितिका सदस्य शिशिर खनालले दाबी गरेका छन् । रास्वपाका सांसद समेत रहेका खनालले रवि लामिछानेले सहकारीबाट पैसा लगेको नदेखिएको सोमबार प्रतिवेदनमा हस्ताक्षर गरेपछि सञ्चारकर्मीहरुलाई बताएका हुन् ।
‘यो समिति किन बनाइयो भने रवि लामिछानेले सहकारीबाट पैसा लग्यो । रवि लामिछानेले आफ्नो खातामा पैसा हाल्यो । रवि लामिछानेले आफ्नो कम्पनीमा पैसा हाल्यो । त्यसमाथि उहाँ तत्कालीन अवस्थामा गृहमन्त्री पनि हुनुहुन्थ्यो, त्यो भएर संसदले रवि लामिछानेले सहकारीबाट लगेको पैसा र त्यसको अपचलनबारे छानबिन हुनुपर्छ भनेर यो समिति बन्यो’, उनले भने, ‘तर यो समितिको निष्कर्ष के रह्यो भने सहकारीबाट कुनै पनि हिसाबले पैसा लाने क्रममा रवि लामिछानेको भूमिका देखिएन भनेर स्पष्ट रुपमा तोक्यो ।’
उनले सहकारीबाट पैसा लैजाने भूमिकामा जीबी राईलगायत सहकारी सञ्चालकको मात्रै संलग्नता देखिएको निष्कर्ष प्रतिवेदनले निकालेको उनको भनाइ छ । ‘उहाँहरु (जीबीहरु) को निर्देशन र योजनामा मात्रै पैसा लगेको देखिन्छ । रवि लामिछानेले सहकारीबाट एक सुका पनि लगेको भन्ने देखिएन’, उनले भने । तर, गोरर्खा मिडिया नेटवर्कमा गएको पैसा तत्कालीन एमडीको हैसियतमा लामिछानेले चलाउँदा कुनै दायित्व बहन गर्नुपर्छ भने त्योचाहिँ गर्नुपर्ने प्रतिवेदनले औँल्याएको खनालको भनाइ छ।
‘त्यो पैसाचाहिँ उहाँले एमडीको रुपमा गोरखा मिडियामा कानुनी उत्तरदायित्व भने बहन गर्नुपर्छ भन्ने कुरा भनेको छ’, प्रतिवेदनमा भएको विषय उल्लेख गर्दै उनले स्पष्ट पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनमत र नागरिक उन्मुक्तिको एकता घोषणासभामा खुलेन प्रज्ञाको ढोका, तस्बिरहरु
-
एनआरएनएको मुद्दा लगातार चौथो पेसीमा, घलेले महाधिवेशन गराउन सक्लान् ?
-
राष्ट्रिय आँखा स्वास्थ्य रणनीतिलाई कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री ओली
-
आँखा स्वास्थ्यलाई प्रमुख मुद्दा बनाएर अघि बढेका छौँ : स्वास्थ्यमन्त्री पौडेल
-
सर्वोच्च अदालतमा आज ४०५ वटा मुद्दाको पेसी, कसको इजलासमा कति मुद्दा ?
-
ट्रेड युनियन महासङ्घको अगुवाइमा पचास रोपनीमा अदुवाखेती