गढीमाई मेलाको उचित व्यवस्थापन गर्न माग
सोमबार, ३१ भदौ २०८१, १४ : १८

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सांसद कृष्णकुमार (किसान) श्रेष्ठले यस वर्ष हुने बाराको गढीमाई मेलामा सबै सांसदलाई निम्ता दिएका छन् ।
सोमबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद श्रेष्ठले गढीमाई मेलाको व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण समेत गराएका छन् । ‘उक्त मेलामा तीनवटै तहका सरकार र सांसदहरूलाई उक्त मेलामा सहभागी हुन चुलै निम्तो दिन चाहन्छु’, श्रेष्ठले भने ।
श्रेष्ठले जबजब गढीमाई मेलाको समय हुन्छ तब विदेशीको इशारामा हिन्दु धर्ममाथि प्रहार गर्नेहरू सलबलाउन थालेको र बलीको विरोध हुने गरेको भन्दै त्यस्तो गर्नेहरूलाई छुट नदिन सरकारसँग माग गरे । उनले अथाह पर्यटकीय सम्भावना बोकेको भन्दै पर्यटनका लागि सरकारले विशेष ध्यान दिनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान संशोधनका लागि जनताको राय सर्वोपरि हुन्छ : सांसद मिश्र
-
भूकम्पीय जोखिमबाट बच्न चेतना फैलाउन आवश्यक छ : राष्ट्रपति पौडेल
-
बेनी–दरवाङ सडक : आठ वर्षमा १७ किलोमिटर कालोपत्रे
-
फ्राईडे रिलिज : ‘खेल’ भर्सेज ‘भूठान’
-
सर्वोच्चको आदेश शिक्षक नेताहरूको हठका विरुद्धमा हो : महासचिव पोखरेल
-
सुष्मा र विशालको ‘मकैबारी दर्याम दर्याम’ युट्युबको ट्रेन्डिङमा