ज्याक्सन फाइभका सदस्य टिटो ज्याक्सन रहेनन्
वासिङ्टन डिसी । चर्चित पप समूह ज्याक्सन फाइभका सदस्य रहेका टिटो ज्याक्सनको ७० वर्षको उमेरमा निधन भएको छ ।
टिटो ज्याक्सन परिवारको तेस्रो सन्तान थिए । यस परिवारमा चर्चित सुपरस्टार माइकल ज्याक्सन र ज्यानेट ज्याक्सन पनि रहेका थिए ।
टिटोका छोराहरू टीजे, ताज र टारयलले आइतबार राति इन्स्टाग्राममा एउटा वक्तव्य पोस्ट गर्दै उनको निधनको जानकारी दिएका थिए । ‘हामी उहाँको निधनबाट स्तब्ध, दुःखी र भावविह्वल भएका छौँ,’ वक्तव्यमा भनिएको छ ।
ज्याक्सन फाइभमा टिटोसहित ज्याकी, जर्माइन, मार्लोन र माइकल रहेका थिए । परिवारको यो समूहलाई सन् १९९७ मा रक एन्ड रोल हल अफ फेममा समावेश गरिएको थियो ।
१९७० को दशकमा जारी गरिएको समूहका ‘एबीसी’, आई वान्ट यू ब्याक र आई विल बी देयर’ लगायत गीतहरू अझै पनि रुचाइन्छ । सन् १९५३ अक्टोबर १५ मा जन्मिएका टोरियानो एडारिल ‘टिटो’ ज्याक्सन समूहका ब्याकग्राउन्ड गायक थिए र गितार पनि बजाउँथे ।
पछि उनका दाजुभाइहरूले एकल करियर सुरुवात गरेका थिए । जसमध्ये माइकल विश्वभर ‘किङ अफ पप’ भनेर चिनिए । माइकलको सन् २००९ जुन २५ मा ५० वर्षको उमेरमा निधन भयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिगो विकास लक्ष्यका लागि शीर्षक विहीन खर्च बढ्यो
-
रविसँग किन मागियो ६० लाख धरौटी ? यस्तो छ अदालतको तर्क
-
एआईले बनाएका ५ फिल्मसहित निफमा ८७ फिल्म प्रदर्शन हुने
-
ओली सरकारले सत्ताको दुरुपयोग गर्यो : माधव नेपाल
-
निकट समयमै पार्टी एकता गर्नेमा समाजवादी मोर्चाका चार दल सकारात्मक
-
प्रचण्ड–माधवलाई विप्लवको प्रस्ताव : संसद् तपाईं तताउनोस् सडकमा हामी साथ दिन्छौँ