७ दशकयताकै शक्तिशाली समुद्री आँधीका कारण सांघाईको जनजीवन प्रभावित

हङकङ । सात दशकयताकै शक्तिशाली समुद्री आँधीका कारण चीनको सांघाई सहर सोमबार ठप्प बन्न पुगेको छ । आँधीले गर्दा चिनियाँ आर्थिक हब मानिने सहरका उडान, रेल, राजमार्गहरू बन्द भएका हुन् ।
‘बेबिंका’ नाम दिइएको समुद्री आँधी स्थानीय समयअनुसार बिहान साढे ७ बजे सहरको दक्षिणपूर्वी क्षेत्रबाट प्रवेश गरेको थियो । जोइन्ट टाइफुन वार्निङ सेन्टरले आँधीको गति १ सय ३० किलोमिटर प्रतिघण्टा रहेको जानकारी दिएको छ ।
चाइना मेटेरोलोजिकल एडमिनिस्ट्रेसनले आँधीको मध्य भाग नजिक यसको तीव्रता १ सय ५१ किलोमिटर प्रतिघण्टासम्म मापन गरेको जनाएको छ । राज्यद्वारा सञ्चालित मिडियाले सांघाईमा आएको सन् १९४९ पछिकै सबैभन्दा शक्तिशाली आँधी भएको बताएको छ ।
अधिकारीहरूले सोमबार समुद्री आँधी सम्बन्धी रातो चेतावनी जारी गरेका छन् । यो सबैभन्दा उच्च तहको चेतावनी हो । आँधीका कारण तीन दिन राष्ट्रिय बिदा दिइएको मुन फेस्टिभल मनाउने सर्वसाधारणको योजनासमेत प्रभावित बनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौंमा बिम्स्टेकको तेस्रो कृषिमन्त्रीस्तरीय बैठक सम्पन्न
-
२७ टन बराबर राहत सामग्री लिएर नेपाली टोली म्यान्मार प्रस्थान
-
लुम्बिनी कप महिला फुटबल प्रतियोगितामा आठ टोली
-
बझाङमा चट्याङ लागेर एक वृद्धाको मृत्यु, पहिरोले सडक अवरुद्ध
-
निर्माण व्यवसायीलाई राष्ट्र बैंकको राहत, बैंकको ब्याज भुक्तानीमा सहजीकरण
-
धोबीखोला करिडोर पीडितको प्रदर्शन