सोमबार, १४ असोज २०८१
ताजा लोकप्रिय
प्रतिनिधिसभा बैठक

माओवादीको प्रश्न : झापा विद्रोह र ०७ सालको आन्दोलनलाई के भन्ने ?

सोमबार, ३१ भदौ २०८१, १३ : ४५
सोमबार, ३१ भदौ २०८१

काठमाडौँ । नेकपा माओवादी केन्द्रले हिंसा शब्दप्रति सत्तापक्षका सांसदले दिएको अभिव्यक्तिप्रति असहमति, आपत्ति र विरोध भएको रेकर्ड गराएको छ । 

सोमबारको प्रतिनिधिसभा बैठकमा माओवादी सांसद शक्ति बस्नेतले क्रान्तिलाई हिंसाको व्याख्या गर्ने हो भने झापा विद्रोह र २००७ साललाई के भन्ने ?  भन्दै प्रश्न गरेका थिए । साथै उनले हिंसा शब्दप्रति सत्तापक्षका सांसदले दिएको अभिव्यक्तिमा असहमति, आपत्ति र विरोध भए पनि प्रधानमन्त्रीको अमेरिका भ्रमणलाई ध्यानमा राखेर प्रतिनिधि सभाको बैठकमा विरोध नगरेको बताए । 

‘क्रान्तिलाई हिंसाको व्याख्या गर्ने हो भने झापा विद्रोह र २००७ सालको आन्दोलनलाई के भन्ने रु आन्दोलनको मूल प्रवृत्तिका आधारमा नेपालको जनयुद्धको भूमिकालाई अवमूल्यन र अपमान हुने गरी व्यक्त भएका विचारप्रति हाम्रो दलको असहमति, आपत्ति र विरोध भएको रेकर्ड गर्न चाहन्छु’, बस्नेतको भनाइ छ । 

उनले दश बर्से सङ्घर्ष समस्या नभएर मूलभूत रूपमा समाधान थियो भन्ने कुरा नयाँ संविधान र गणतन्त्रको स्थापना भएबाटै पुष्टि भएको तथ्यलाई अस्वीकार गर्न नसकिने पनि बताए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप