कर्मचारी सञ्चय कोषद्वारा प्रभातफेरी

काठमाडौँ । कर्मचारी सञ्चय कोषले आफ्नो ६३ औँ वार्षिकोत्सवका अवसरमा आज प्रभातफेरीआयोजना गरेको छ । वार्षिकोत्सवका अवसरमा कोषले कविता प्रतियोगिता, रक्तदान, खेलकुद प्रतियोगितासमेत सञ्चालन गरेको कोषले जनाएको छ ।
कोषको प्रधान कार्यालय पुल्चोकबाट सुरु भएको प्रभातफेरी कुपण्डोल, थापाथली, माइतीघर हुँदै पुनः कोषको मुख्यालयमा पुगेर समापन भएको थियो । कोषका प्रशासक जितेन्द्र धितालले वार्षिकोत्सवका अवसरमा कोषका कर्मचारी तथा कोषमा आबद्ध रहेका व्यक्ति तथा सङ्घसंस्थालाई धन्यवाद दिएका थिए ।
कोषमा हाल करिब पाँच लाख ७५ हजार सञ्चयकर्ता रहेका छन् भने निवृत्तभरण कोषमा ८० हजार चार सय व्यक्ति आवद्ध छन् । यस्तै सञ्चय कोषमा ३३ हजार छ सय योगदानकर्ता कार्यालय तथा निवृत्तभरण कोषका लागि तीन हजार आठ सय कार्यालय जोडिएका छन् ।
प्रशासक धितालका अनुसार सञ्चयकोषमा रु पाँच खर्ब २९ अर्ब ६९ करोडसहित करिब रु छ अर्ब वित्तीय स्रोत परिचालन गरिरहेको छ । कोषले पछिल्लो समय सञ्चयकर्ता स्वास्थ्योपचार योजना, सुत्केरी तथा शिशु स्याहार योजना, दुर्घटना क्षतिपूर्ति योजना तथा काजकिरिया अनुदान योजना समेतका सामाजिक सुरक्षा सुविधा उपलब्ध गराउँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा रिसाएका नारायणकाजी श्रेष्ठ चितवनमा
-
आज २५ अर्ब रुपैयाँको निक्षेप उपकरण बोलकबोल गर्दै राष्ट्र बैंक
-
पहिलो पटक आपसमा भिड्दै दुई महारथी अस्ट्रेलिया र दक्षिण अफ्रिका
-
विदेशमा अध्ययन पुरा नगरेकालाई काठमाडौँ विश्वविद्यालयले पुनः पढ्न दिने
-
उत्तर कोरियाली ह्याकरले एकै पटकमा चोरे डेढ अर्ब डलरको क्रिप्टोकरेन्सी
-
महाशिवरात्रिका तीनवटै फिल्मको बुकिङ खुल्ला, कसले कति पाए शो ?