गोकर्णेश्वरबाट ६ जना जुवाडे पक्राउ
सोमबार, ३१ भदौ २०८१, १२ : ३६

काठमाडौँ । काठमाडौँको गोकर्णेश्वर नगरपालिका–८ अत्तरखेलस्थित बुद्ध चोकबाट प्रहरीले ६ जना जुवाडेहरूलाई पक्राउ गरेको छ । स्थानीय अन्जन श्रेष्ठको टहरामा सञ्चालित जुवा खालमा छापा मारेर आरोपीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले रातोपाटीलाई बताए ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–३ घर भएर माकलबारी बस्ने ३० वर्षीय विनोद तामाङसहित ६ जना छन् । घटनास्थलबाट प्रहरीले ६२ हजार ४ सय नगद र ३ बुक तास बरामद गरेको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षक आन्दोलन : मंगलबार रातिको वार्तामा अर्थमन्त्री र गृहमन्त्री पनि सहभागी
-
आठ वर्षपछि दिल्लीको मैदानमा कोलकाताको पहिलो जित, नरेनको अलराउण्ड प्रदर्शनले लियो हारको वदला
-
आफुहरुको माग सम्बोधन हुनेमा शिक्षक महासंघ विश्वस्त, १२ को परीक्षाबारे गम्भीर, आन्दोलन जारी रहने
-
१२ बजे, १२ समाचार : सरकार र शिक्षकबीचको वार्ता निष्कर्षविहीनदेखि कजरिया टायल्सको कारोबार रोक्कासम्म
-
सरकार र शिक्षकबिचको वार्ता निष्कर्षविहीन
-
१० बजे १० समाचार : शिक्षकको आन्दोलन र वार्ता सँगसँगै, कलाकारमाथि डिजिटल हिंसा