आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय
अटो

मोटरसाइकल तथा स्कुटर खरिदमा अफरै अफर

सोमबार, ३१ भदौ २०८१, १२ : ०५
सोमबार, ३१ भदौ २०८१

काठमाडौँ । चाडबाड नजिकिएसँगै विभिन्न मोटरसाइकल तथा स्कुटर बिक्रेता कम्पनीहरूले अफर ल्याएका छन् । ग्राहकलाई आफूतिर तान्न विभिन्न कम्पनीहरूले नगददेखि कारसम्म उपहार राखेका छन् । 

हिरो 

हिरो मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक विक्रेता सिजी मोटर्स हो । सिजीले हिरो ब्रान्डका मोटरसाइकल तथा स्कुटर किन्दा ‘एक्कासि मालामाल’ अफर सार्वजनिक गरेको छ । कम्पनीले जुनसुकै मोडलको मोटरसाइकल तथा स्कुटर खरिदमा स्क्रयाच कार्डमार्फत नगद ८ हजारदेखि ५ लाखसम्मको स्योर सट क्यास जित्ने मौका रहेको जनाएको छ । साथै बम्पर उपहारमा ‘नेटा भी’ कार जित्ने अफर ल्याएको छ ।

टिभिएस

नेपालका लागि टिभिएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले ‘नयाँ युगको आरम्भ’ योजना सार्वजनिक गरेको छ ।

यो योजनाअन्तर्गत ग्राहकले टिभिएसको मोटरसाइकल र स्कुटर खरिद गर्दा १० लाख रुपैयाँसम्म जित्ने मौका प्राप्त गर्ने कम्पनीले जनाएको छ । योजना अन्तर्गत नकिन्दै ५ लाखसम्म जित्ने मौका र खरिद गरेपछि १० लाखसम्म जित्ने मौका रहेको कम्पनीले जनाएको छ । हरेक हप्तामा १०० प्रतिशत क्यास ब्याक जित्ने अवसर पनि रहेको कम्पनीले जनाएको छ ।

होण्डा 

हण्डा टु ह्विलर्सको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले ‘हाम्रो चाडबाड, होन्डाको खुसीयाली बारबार’ उपहार योजना ल्याएको छ ।

यो योजना अन्तर्गत ग्राहकहरूले होण्डाको कुनै पनि मोटरसाइकल तथा स्कुटरको खरिदमा स्क्रयाच कुपन प्राप्त गरी १० लाख रुपैयाँ नगद जित्न सक्नेछन् । यो योजना हण्डा इजी फाइनान्समा पनि लागू हुने जनाइएको छ ।

बजाज

बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलास चन्द एन्ड कम्पनीले ‘क्यास सफारी’ अफर ल्याएको छ । चाडबाडलाई लक्षित गरी ल्याइएको अफर अन्तर्गत बजाजका मोटरसाइकल किन्ने ग्राहकले स्योरसट १०० वटासम्म हात्ती जित्न सक्ने छन् । एक हात्ती बराबर एक हजार रुपैयाँ हुने कम्पनीले जनाएको छ ।

त्यसैगरी हरेक साता एक जोडीलाई चितवनमा जङ्गल सफारी उपलब्ध गराइने छ भने बम्पर उपहारमा १ जोडीलाई केन्यामा जङ्गल सफारी उपलब्ध गराइने कम्पनीले जनाएको छ ।

यो अफर अन्तर्गत बजाजका मोटरसाइकल खरिद गर्ने उपभोक्ताले सहज फाइनान्स सुविधा पाउने छन् भने पाँच वर्षसम्मको वारेन्टी सुविधा पाउने छन् ।

सुजुकी

सुजुकी मोटरसाइकल तथा स्कुटरको नेपालको लागि आधिकारिक विक्रेता भीजी अटोमोबमाइल्सले दसैँतिहार विशेष ‘दसैँ आयो क्यास पायो’ योजना ल्याएको छ ।

कम्पनीले आफ्नो मोटरसाइकल तथा स्कुटरको खरिदमा ग्राहकलाई न्यूनतम ७ हजार रुपैयाँदेखि ५ लाख रुपैयाँसम्म उपहार प्रदान गर्ने जनाएको हो । 

मोटरसाइकल तथा स्कुटरको खरिदमा ग्राहकले न्यूनतम ७ हजार रुपैयाँ सियोरसर्ट क्यास ब्याक पाउनेछन् भने स्क्रयाच कुपनमार्फत ५ लाख रुपैयाँसम्म छुट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । 

त्यसका साथै मोटरसाइकल तथा स्कुटर एक्सचेन्ज र फाइनान्सको राम्रो सुविधा दिइने जनाएको कम्पनीले मोटरसाइकल तथा स्कुटरको विश्वसनीयता कायम गर्न ५ वर्षको वारेन्टीका साथै ५ वर्षसम्म फ्री सर्भिसिङ सुविधा समेत उपलब्ध भएको कम्पनीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप