सेकुवा पसलबाट ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ
सोमबार, ३१ भदौ २०८१, १२ : ०४

वीरगन्ज । पर्सा प्रहरीले ठुलो परिमाणमा ब्राउन सुगरसहित एक जना भारतीयलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जाँच गर्दा प्रहरीले वीरगन्जस्थित सेकुवा पसलबाट ४८ ग्राम ब्राउन सुगरसहित एक जना भारतीयलाई पक्राउ गरेको हो ।
प्रहरीको विशेष टोलीले भारत विहार मोतिहारी आदापुर निवासी विकासकुमार पटेललाई पक्राउ गरेको पर्सा प्रहरी प्रवक्ता दीपक भारतीले बताए ।
उनकाअनुसार हिजो अबेर राति आएको सूचना अनुसार जाँच गर्दा एक सेकुवा पसलमा खाजा खाइरहेको अवस्थामा उनलाई पक्राउ गरिएको हो ।
प्रहरीले गोजीमा लुकाइरहेको अवस्थामा ४८ ग्राम ब्राउन सुगर पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ । पक्राउ परेका पटेललाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको पर्सा प्रहरीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धनकुटाको लेगुवा खोला पक्की पुल, स्थानीयलाई सङ्खुवासभा घुम्नुपर्ने बाध्यता हट्यो
-
पूर्व राजालाई राज्यले दिएको सम्मान भंग भयोः योगेश भट्टराई
-
पत्रकार हत्याको विरोधमा मुख्यमन्त्री र प्रजिअलाई ध्यानाकर्षणपत्र
-
बागमतीको सर्वदलीय बैठक सर्यो, मङ्गलवार बिहान ८ बजे बस्ने
-
बर्डफ्लू र अफ्रिकन स्वाइन फिभरबाट जोगिन सतर्कता अपनाउन आग्रह
-
माओवादीमा टीके प्रथा अन्त्य, एकपछि अर्को भ्रातृ संगठनमा प्रत्यक्ष निर्वाचन