शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

धोबिखोलमा खसेको ट्याक्सी सशस्त्रले निकाल्यो

सोमबार, ३१ भदौ २०८१, ११ : १८
सोमबार, ३१ भदौ २०८१

काठमाडौँ । अनामनगरस्थित भाटभटेनी नजिकैबाट धोबिखोलामा खसेको ट्याक्सी सशस्त्र प्रहरीले निकालेको छ । थापाथलीस्थित युनएन पार्कबाट ट्याक्सी निकालिएको सशस्त्र प्रहरीका सहप्रवक्ता (डीएसपी) शैलेन्द्र थापाले रातोपाटीलाई बताए । 

आइतबार साँझ बा.२ज. १७९२ नम्बरको ट्याक्सी अनियन्त्रित भएर धोबिखोलामा खसेको थियो । दुई जना गोताखोर सहितको टोलीले नदीबाट ट्याक्सीलाई निकालेको डीएसी खड्काले जानकारी दिए ।

ट्याक्सी चालक ३३ वर्षीय उर्गेन लामालाई घटना भएको केहि मिनेटमै प्रहरीले उद्धार गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप