हुम्लाबाहेक सबै जिल्लामा फैलियो डेंगु

काठमाडौँ । हुम्लाबाहेक सबै जिल्लामा डेंगु फैलिएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को तथ्यांकअनुसार देशभर ७७ जिल्लामध्ये हुम्लाबाहेक ७६ जिल्लामा डेंगु फैलिएको हो । देशभर ९ हजार ४८६ जनामा डेंगु पुष्टि भएका मध्ये ६ जनाको मृत्यु भएको छ । यो तथ्याङ्क माघ दोस्रो सातायताको हो ।
यस्तै, गण्डकी प्रदेशमा सबैभन्दा बढी ४ हजार ५३९ जना सङ्क्रमित छन् भने सबैभन्दा कम कोशीका १ हजार २७ जनामा डेंगु देखिएको हो । डेंगु एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको सरुवा रोग हो ।
डेंगु भाइरसबाट सङ्क्रमित लामखुट्टेको टोकाइले सर्दछ । यो लामखुट्टेले विशेषगरी दिउँसो टोक्ने चिकित्सक बताउँछन् । एडिस जातको लामखुट्टेले सङ्क्रमित व्यक्तिबाट अर्को व्यक्तिमा डेंगु सार्ने गर्दछ । डेंगुबाट जोगिन लामखुट्टेको टोकाइबाट जोगिनु उत्तम हुने चिकित्सकले सुझाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार र शिक्षकबिचको वार्ता निष्कर्षविहीन
-
१० बजे १० समाचार : शिक्षकको आन्दोलन र वार्ता सँगसँगै, कलाकारमाथि डिजिटल हिंसा
-
गर्मी छल्न लेकमा सार्न थालियो पशुगोठ
-
जागरण अभियानले जनतामा आशा जागेको छ : प्रचण्ड
-
कोलकाताले दियो २ सय ५ रनको लक्ष्य, अन्त्य होला दिल्लीमा जितको ८ वर्षको पर्खाइ ?
-
कजरिया टायल्सलाई दुई लाख ८५ हजार जरिवाना, कारोबार पनि रोक्का