अपराध
ललितपुरबाट ११५ थान नक्कली नोटसहित युवक पक्राउ
सोमबार, ३१ भदौ २०८१, १० : ५१

काठमाडौँ । ललितपुर महानगरपालिका वडा नम्बर–८ सौगलबाट प्रहरीले नक्कली नेपाली रुपैयाँसहित एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–३ घर भएर भक्तपुर बस्दै आएका रमेश रोक्का छन् ।
३१ वर्षीय रोक्काको साथबाट १ हजार दरका ११५ वटा नक्कली नेपाली नोट बरामद गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेश सुवेदीले रातोपाटीलाई बताए । सौगलमा कोठा भाडामा लिएर आरोपीले नक्कली नोट बनाउने गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । उनको डेरामा नोट बनाउन प्रयोग गरिने फोटोकपी मेशिन पनि भेटिएको एसपी सुवेदीले जानकारी दिए ।
आरोपीविरुद्ध प्रहरीले अदालतबाट म्याद लिएर अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ प्रतिनिधिसभामा प्रस्तुत
-
दुर्गा प्रसाईँजस्ता व्यक्तिहरूले सामाजिक सञ्जालको दुरुपयोग गरिरहेका छन् : मन्त्री गुरुङ
-
सुशासन प्रवर्धनसम्बन्धी विधेयकमा दिएका ६ सांसदका विरोधका सूचना अस्वीकृत
-
गलत रकम लेखिएकै आधारमा चेक अनादरको मुद्दा दर्ता हुँदैन : उपाध्यक्ष श्रेष्ठ
-
अन्तर–व्यवस्थापिका मञ्चको घोषणापत्र : तीनवटै सभाको परस्पर सम्बन्ध विकासमा प्रतिबद्धता
-
‘नेवार समुदायको चिहान कांग्रेस नेताले हडपे’