९ हजार ४८६ जनामा डेंगु सङ्क्रमण, ६ जनाको मृत्यु

काठमाडौँ । देशभर ९ हजार ४८६ जनामा डेंगु पुष्टि भएको छ । पछिल्लो तथ्यांकअनुसार देशभर ९ हजार ४८६ जनामा डेंगु पुष्टि भएको हो । सो सङ्क्रमितमध्ये ६ जनामा मृत्यु भएको छ । मृत्यु भएकाहरू डेंगुमात्रै नभई अन्य रोग पनि रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय दाबी गर्दै आएको छ ।
इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार देशभर फैलिएको सङ्क्रमित सङ्ख्यामध्ये ४ हजार ५३९ जना सङ्क्रमित गण्डकीमा रहेका छन् । यस्तै, बागमतीका २ हजार ४५३ जना, कोशीका १ हजार २७ जना सङ्क्रमित छन् । यस्तै, मधेसमा १८० जना, लुम्बिनीका ६४४ जना, कर्णालीका १३९ जना र सुदूरपश्चिममा ५०४ जनामा डेंगु फैलिएको छ ।
डेंगु एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको सरुवा रोग हो । डेंगु भाइरसबाट सङ्क्रमित लामखुट्टेको टोकाइले सर्दछ । यो लामखुट्टेले विशेषगरी दिउँसो टोक्ने चिकित्सक बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आठ वर्षपछि दिल्लीको मैदानमा कोलकाताको पहिलो जित, नरेनको अलराउण्ड प्रदर्शनले लियो हारको वदला
-
आफुहरुको माग सम्बोधन हुनेमा शिक्षक महासंघ विश्वस्त, १२ को परीक्षाबारे गम्भीर, आन्दोलन जारी रहने
-
१२ बजे, १२ समाचार : सरकार र शिक्षकबीचको वार्ता निष्कर्षविहीनदेखि कजरिया टायल्सको कारोबार रोक्कासम्म
-
सरकार र शिक्षकबिचको वार्ता निष्कर्षविहीन
-
१० बजे १० समाचार : शिक्षकको आन्दोलन र वार्ता सँगसँगै, कलाकारमाथि डिजिटल हिंसा
-
गर्मी छल्न लेकमा सार्न थालियो पशुगोठ