दुई वटा संसदीय समितिको बैठक बस्दै
विधायन व्यवस्थापन समितिमा सभापतिको निर्वाचन
सोमबार, ३१ भदौ २०८१, ०९ : ४२

काठमाडौँ । आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । बैठकमा समिति सभापतिको निर्वाचन हुनेछ ।
सभापतिका लागि नेकपा एमाले र नेकपा (एकीकृत समाजवादी) ले उम्मेदवारी दिएका छन् । एमालेले तुलसाकुमारी दाहाललाई उम्मेदवार बनाएको छ भने एकीकृत समाजवादीले जयन्तीदेवी राईलाई सभापतिको उम्मेदवार बनाएको छ ।
त्यस्तै बिहान ११ बजे नै बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा पनि सभापतिको निर्वाचन हुनेछ । समितिको सभापतिका लागि नेकपा (माओवादी केन्द्र) को एकल उम्मेदवारी परेकाले माओवादी केन्द्रको तर्फबाट मायाप्रसाद शर्मा निर्विरोध चयन हुने निश्चित छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : तीनकुने घटनामा प्रहरीको प्रस्टोक्ति, वारपारको आन्दोलनमा शिक्षक
-
स्वास्थ्य सचिव नियुक्ति विवाद : सर्वोच्चले दिएन मिश्रको पक्षमा अन्तरिम आदेश
-
बेलायतमा नेपाली व्यवसायीले किने दुईवटा केयर होम
-
सिराजको घातक बलिङ, १ सय ६९ रनमा रोकियो बेंगलुरु
-
कास्कीका सहकारीमा संकट : राजनीतिक नेतृत्वदेखि कर्मचारी प्रशासकसम्म ठगीमा मुछिए
-
नेपाली कोदोको रक्सी संरक्षण तथा व्यवस्थापन समिति गठन