सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय

एसियाली ट्रायल मास्टरमा प्रियालाई स्वर्ण

सोमबार, ३१ भदौ २०८१, ०८ : ५५
सोमबार, ३१ भदौ २०८१

काठमाडौँ । नेपालकी प्रिया राईले एसियाली ट्रायल मास्टर च्याम्पियनसिप फाइनलमा स्वर्ण जितेकी छन् । मलेसियाको सबाहमा भएको महिला ७८ किलोमिटर दूरी प्रियाले १० घण्टा ५९ मिनेट ४८ सेकेन्डमा पूरा गरिन् ।

सोही स्पर्धामा नेपालकी रशिला तामाङले कांस्य जितिन् । रशिलाले निर्धारित दूरी तय गर्न १३ घण्टा १५ मिनेट ०९ सेकेन्ड समय खर्चिन् । यो स्पर्धामा नेपालका छोकी शेर्पा सातौँ, पदमकुमारी सुनुवार आठौँ र आङ फुर्वा शेर्पा २२ औँ स्थानमा रहे । ३५ खेलाडी सहभागी थिए ।

पुरुष ७८ किलोमिटर दूरीमा नेपालका ४ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । ४५ धावक सहभागी उक्त स्पर्धामा अर्जुन कुलुङ राईले १० औँ, लोकेन्द्र राईले १४ औँ, फुर्पासिंह तामाङले २२ औँ र मिलन राईले २७ औँ स्थानमा दौड टुङ्गाए ।

राष्ट्रिय खेलकुद परिषद्का कार्यकारी समितिका सदस्य समेत रहेका नेपाल एडभेन्चर रनिङ महासंघका अध्यक्ष एकेन्द्र कुँवरले खेलाडीलाई बधाई दिँदै सफलताले नेपाल साहसिक दौडमा अब्बल छ भन्ने सन्देश प्रवाह भएको धारणा व्यक्त गरे । नेपाली टोली असोज १ गते स्वदेश फर्किने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप