समाचार
सहकारी छानबिन समितिको प्रतिवेदन तयार, हस्ताक्षरपछि आजै बुझाइने
सोमबार, ३१ भदौ २०८१, ०८ : ४४

काठमाडौँ । सहकारीको बचत अपचलन छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिको प्रतिवेदन तयार भएको छ । तीन महिना अघि संसद्बाट गठन भएको समितिले प्रतिवेदन तयार गरेको हो ।
समिति सदस्य ईश्वरी न्यौपानेका अनुसार राति ३ बजेसम्म बसेर छलफल गरी प्रतिवेदन अन्तिम टुङ्गो लगाइएको छ । ‘१० बजे हस्ताक्षर हुन्छ । आजै प्रतिवेदन हामी बुझाउँछौँ,’ न्यौपानेले भनिन् । प्रतिवेदनलाई सोमबार बस्ने प्रतिनिधि सभा बैठकमा पेस गरिनेछ ।
समितिले प्रतिवेदन तयार पार्न कार्यक्षेत्र (टीओआर)मा उल्लेख गरिएका २९ सहकारीका पदाधिकारीसहित सम्बन्धित निकायसँग छलफल र स्थलगत अध्ययन समेत गरेको थियो । समितिले रास्वापा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको पनि बयान लिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गेटा आँखा अस्पताल बाजुराको मार्तडी शाखा प्रमुख लागुऔषधसहित पक्राउ
-
संविधानमा सुनिश्चित अधिकार महिलाले पाएनन् : मन्त्री सुडी
-
गाउँ नै रित्तिन थालेपछि मान्छे फर्काउन डिठ्ठा गाउँमा नयाँ जुक्ति
-
‘बजेट कार्यान्वयन कमजोर हुँदा अर्थतन्त्रमा गम्भीर असर’
-
नेपालमा पहिलो पटक स्काईवेल पाइलट समिट हुँदै
-
शिक्षकहरूको आन्दोलनले यात्रुलाई सास्ती