सञ्चार मन्त्रालय र चलचित्र विकास बोर्डबिच कार्यसम्पादन सम्झौता

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र चलचित्र विकास बोर्डबिच कार्यसम्पादन सम्झौता भएको छ ।
आइतबार मन्त्रालयमा मन्त्री पृथ्वी सुब्बा गुरुङको उपस्थितिमा मन्त्रालयकी सचिव राधिका अर्याल र बोर्डका अध्यक्ष दिनेश डीसीबिच चलचित्र विकास बोर्डले यो आर्थिक वर्षमा सम्पादन गर्ने कार्यहरूको सम्झौता गरिएको हो । सम्झौतामा नेपाल सरकारको नीति तथा कार्यक्रममा समावेश कार्यक्रम, चलचित्र विकास बोर्डले गर्ने वार्षिक कार्यक्रमहरू लगायत रहेका छन् ।
उक्त सम्झौतामा बनेपामा चलचित्र स्टुडियो निर्माणदेखि मोफसलका सिनेमाको स्तरोन्नतिका समेत योजनाहरू समेटिएका छन् । सम्झौतामा हस्ताक्षर गर्दै अध्यक्ष डिसीले आगामी ६ महिनामा कार्यावस्थाको प्रारम्भिक प्रतिवेदन बुझाउने प्रतिबद्धता समेत व्यक्त गरे । सञ्चार मन्त्रालयले बाेर्डकाे अलावा आफू मातहतका अन्य निकायहरूमा समेत सम्झौता गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानसी बनिन् इन्डियन आइडल सिजन १५ को विजेता
-
बागमती प्रदेश अल्पाइन स्पोर्टस्मा राजेन्द्रको अध्यक्षतामा नयाँ नेतृत्व
-
अमेरिकी सेयर बजारमा गएको पहिरोबारे के भन्छन् ट्रम्प ?
-
जीवनजल लिन घण्टौँ पैदलयात्रा गर्नुपर्ने अवस्था अन्त्य
-
‘संविधान संशोधनको लागि सबै दलहरू मिल्नुपर्छ’
-
म्याग्दी र कालीगण्डकी नदीको कटान रोक्न ग्याबियन पर्खाल निर्माण