चार दिनदेखि बेपत्ता युवक जङ्गलमा मृत फेला
आइतबार, ३० भदौ २०८१, २२ : ३९

गाईघाट । उदयपुरमा चार दिनदेखि बेपत्ता एक युवक जङ्गलमा मृत फेला परेका छन् । त्रियुगा नगरपालिका–४ बगाहाका ३४ वर्षीय बालकृष्ण राई त्रियुगा–११ स्थित नवउदय सामुदायिक वनमा शनिबार मृत फेला परेका हुन् ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक राजन चापागाईंका अनुसार चार दिनअघि सामान्य विवाद भएपछि उनी घरबाट निस्केका थिए ।
राईलाई गोठालाले वनमा देखेपछि प्रहरीलाई खबर गरेका थिए । उनको शव परीक्षणपछि आफन्तको जिम्मा लगाइएको छ । घटनाबारे अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : सांसदलाई ओलीको उपदेशदेखि पहलगाम हमलाको नेपालमा विरोधसम्म
-
देवकोटा साहित्य पुरस्कारबाट खतिवडा र विरही सम्मानित
-
तमोर नदीमा बगेर एक व्यक्ति बेपत्ता
-
जनसम्पर्क समिति विश्व सञ्जालको क्षेत्रीय पदाधिकारीहरुको घोषणा, कहाँ को ?
-
पोप फ्रान्सिसको अन्त्येष्टि सम्पन्न, तस्बिरहरू
-
प्रभसिमरन र प्रियांशको विस्फोटक ब्याटिङ, म्याक्सवेल फेरि फ्लप