विष्णुमती र धोबिखोला आसपासमा सतर्कता अपनाउन आग्रह
आइतबार, ३० भदौ २०८१, २२ : ०८

काठमाडौँ । काठमाडौँको विष्णुमती र धोबिखोलामा जलसतह सतर्कता तह पार गरेकोले सोमबार बिहान १० बजेसम्म सतर्कता अपनाउन अनुरोध गरिएको छ । आइतबार साँझ जल तथा मौसम विज्ञान विभागले सो अनुरोध गरेको हो ।
विभागले आइतबार राति ८ः३० बजे काठमाडौँको विष्णुमती नदी गोङ्गबु जल मापन केन्द्र र धोबिखोला कपन जल मापन केन्द्रमा हालको जलसतह सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकोले नदीको तटीय क्षेत्रमा र सो नजिकको सडक भई यात्रा गर्ने र रहनेहरूलाई सतर्कता अपनाउन अनुरोध गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आलोचुङगालामा बुनेको गलैँचाको माग उच्च
-
वन डढेलो : धेरै घटना तराईमा, क्षति पहाडमा
-
आज मगर एकता दिवस, कुन-कुन पालिकाले दिए सार्वजनिक बिदा ?
-
मुग्लिन नारायणगढ सडकको वैकल्पिक मार्ग खुलाउन दुई करोड ६९ लाख विनियोजन
-
हमासले गाजामा रेडक्रसलाई सुम्पियो चार इजरायली बन्धकको शव
-
पश्चिमी वायुको प्रभाव : कहाँ-कहाँ छ आज वर्षाको सम्भावना ?