नाचघरमा ‘राष्ट्रिय नाटक महोत्सव २०८१’ सुरु
काठमाडौँ । रेडियो नेपालका प्रथम गायक, रंगकर्मी, अभिनेता तथा गीतकार स्व. हरिप्रसाद रिमालको शतवार्षिकी पारेर आयोजित ‘राष्ट्रिय नाटक महोत्सव २०८१’ सुरु भएको छ ।
स्व. हरिप्रसाद रिमाल र उनकी सञ्चारकर्मी पत्नी कल्याणी रिमालको नाममा स्थापित हरिप्रसाद कल्याणी रिमाल नाट्य संगीत प्रतिष्ठानले आयोजना गरेको नाटक राष्ट्रिय नाचघर जमलमा आयोजना भएको हो । महोत्सवको पहिलो दिन याम नारायाण आचार्य निर्देशित सति कलसा र सुरेश पोर्तेल निर्देशित घरजम नाटक मञ्चन भयो ।
कार्यक्रममा लेखक निर्देशक यादव खरेलले नेपाली नाट्य तथा संगीत क्षेत्रमा रिमालको योगदानको चर्चा गरे । उनले नाट्यकर्मी रिमालका साथ काम गरेकामध्ये केहि व्यक्ति मात्र जिवित रहेको र उनीहरूसँग रिमालबारे बाहिर नआएका विषयमा जानकारी लिई जानकारीमूलक पुस्तक प्रकाशन गर्न सुझाव दिए ।
प्रतिष्ठानका उपाध्यक्ष तथा प्राध्यापक प्रयागराज भट्टराई वशिष्ठले नेपाली नाट्य, गीत, संगीत, प्रसारण, फिल्मलगायत क्षेत्रमा रिमालको योगदानको चर्चा गरे । साहित्यकार प्राडा वासुदेव त्रिपाठीले रिमालले नेपाली नाटक र संगीतको क्षेत्रमा आफ्नै युगको सुरुवात गरेको र सो युगको नायक रहेको चर्चा गरे ।
प्रतिष्ठानका सदस्य सचिव एवं अभिनेता सम्राट सापकोटाले नाटकप्रेमीहरुलाई मध्यनजर गर्दै यस किसिमको महोत्सवको आयोजना गरिएको बताए ।
महोत्सवमा सुदूरपश्चिम बाहेक बाँकी ६ प्रदेशका विभिन्न स्थानबाट प्रतिस्पर्धाका लागि आएका नाटकमध्ये जुरी टिमले प्रदर्शनको अनुमति दिएका ६ नाटक प्रर्दशन गरिनेछ भने उत्कृष्ट तीन नाटकलाई पुरस्कृत गरिने छ ।
नाटक केही दिन चल्ने महोत्सवमा विजयी हुनेलाई ट्रफी र सम्मानपत्रसहित पहिलो पुरस्कारस्वरुप एक लाख रुपियाँ, दोस्रो पुरस्कारस्वरुप ५० हजार रुपियाँ र तेस्रो पुरस्का रस्वरुप २५ हजार रुपियाँ प्रदान गरिनेछ । त्यसैगरी नाटकका उत्कृष्ट निर्देशक, अभिनेता र अभिनेत्रीलाई जनही नगद १५ हजार रुपियाँ पुरस्कारस्वरुप प्रदान गरिने र महोत्सवका लागि राजधानीमा आएको नाट्य टोलीको महोत्सव अवधिभरको खाने, बस्ने र यातायात खर्चको प्रबन्धसमेत प्रतिष्ठानले गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : नेपाल र चीनबिच बीआरआई फ्रेमवर्कमा हस्ताक्षरदेखि रवि लामिछाने र छवि जोशीविरुद्ध पर्सामा पनि पक्राउ पूर्जीसम्म
-
पूर्वउपराष्ट्रपति पासाङलाई उपाध्यक्ष बनाउने माओवादीको तयारी, बैठक आह्वान
-
स्टक ब्रोकर एशोसिएशनको नयाँ कार्यसमितिका लागि ढकाल समूहको उम्मेदवारी घोषणा
-
एनपिएल : मार्की खेलाडीको प्रदर्शन कस्तो रह्यो ?
-
कञ्चनजङ्घा गोल्डकप : गोधुली फुटबल क्लब फाइनल प्रवेश
-
‘टोकियोमा सरकारी कर्मचारीका लागि हप्तामा तीन दिन विदा’ दिने प्रस्ताव