अवधि पूरा नहुँदै काठमाडौँ महानगरका प्रमुख प्रशासकीय अधिकृत परियारको सरुवा
आइतबार, ३० भदौ २०८१, २१ : ०३

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारलाई सञ्चार मन्त्रालयमा सरुवा गरेको छ । भदौ २७ गतेको मन्त्रिपरिषद् बैठकले अवधि नपुग्दै उनको सरुवा गरेको हो । उनको स्थानमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव सरोज गुरागाईलाई काजमा ल्याइएको छ ।
सरकारले ४० सहसचिवको सरुवा गर्ने क्रममा परियारको पनि सरुवा गरेको हो । उनी ८ महिना अघि काठमाडौँ महानगरमा सरुवा भएर आएका थिए ।
स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतलाई कम्तीमा २ वर्षसम्म एउटा कार्यालयमा काम गर्न दिइने अभ्यास भएपछि परियारको छोटो समयमै सरुवा भएको हो । युवा र कार्यक्षमता अब्बल मानिएका सहसचिव परियारको सरुवालाई अर्थपूर्ण मानिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सञ्चो बनाउने कम्पनीमा आगजनी गरेको आरोपमा एकजना मजदुर पक्राउ
-
विद्यालय शिक्षा विधेयकका २७ दफामा सहमति
-
गलत बुझाइले बिआरआईबाट नेपालले फाइदा लिन सकेनः सुजाता कोइराला
-
शिक्षामन्त्रीलाई अखिल क्रान्तिकारीले बुझायो ३८ बुँदे मागपत्र
-
जस बहादुर याक्खाको निर्देशनमा ‘हेलो हाई नमस्कार’ सार्वजनिक
-
काठमाडौँमा वायु प्रदूषणको अवस्था गम्भीर बन्दै, नियन्त्रणका लागि भएन पहल