एकीकृत समाजवादीका पूर्वकेन्द्रीय सदस्य कन्दङ्वासहितका नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश

काठमाडौँ । झापाका पुराना वामपन्थी नेता लोकबन्धु कन्दङ्वासहितका नेता कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
माओवादी केन्द्र झापाले बिर्तामोडमा आइतबार गरेको राजनीति प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उनीहरूलाई स्वागत गरेका हुन् ।
कन्दङ्वा दुई वर्षअघि नेकपा एकीकृत समाजवादीको केन्द्रीय सदस्यबाट राजीनामा दिएर स्वतन्त्र वामपन्थी बुद्धिजीवीको रुपमा सक्रिय थिए ।
पार्टी प्रवेश गर्दै कन्दङ्वाले जनताको भावना र ऐजेण्डा बुझेर आफ्नो कार्यदिशा तय गर्ने पार्टी माओवादी केन्द्र भएको बताए ।
‘आज मुलुक जुन ठाउँमा छ, त्यो माओवादीका कारण सम्भव भएको हो । माओवादीसँग एजेन्डाको कमी छैन । त्यसको कार्यान्वयन भए माओवादीलाई कसैले छुन सक्दैन’, उनले भने ।
पार्टी प्रवेश गर्नेमा एमालेका जिल्ला तथा नगरस्तरीय नेतासहित जसपाको विद्यार्थी संगठनका ६४ जना माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीमा समाहित भएको माओवादीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : कक्षा १२ को परीक्षा रोकियो, शिक्षकपछि कर्मचारीको आन्दोलन
-
सोलुखुम्बुमा जलवायुसम्बन्धी सम्मेलन सम्पन्न
-
नेपाल आए मेटाका प्रतिनिधि, होला सामाजिक सञ्जाल दर्ता ?
-
आईपीएल : दिल्लीले कमब्याक गर्दा १ सय ५९ रनमा रोकियो लखनउ
-
प्रमुख प्रशासकीय अधिकृत मेहतालाई विराटनगर महानगरमा हाजिर गर्न नदिइने
-
निसानको ३ दिने ‘प्रि-मनसुन नेसनवाइड सर्भिस क्याम्प’ देशभरका १६ वटा चेकपोइन्टहरूमा सुरू