प्रधानसेनापति ट्रफी –२०८१ प्रतियोगिता सुरु
काठमाडौँ । प्रधानसेनापति ट्रफी –२०८१ प्रतियोगिता आजदेखि सुरु भएको छ । नेपाली सेनाको मुख्यालयमा प्रधानसेनापति अशोकराज सिग्देलले शुभारम्भ गरेसँगै प्रधानसेनापति ट्रफी प्रतियोगिता सुरु भएको हो ।
सेनाका अनुसार प्रधानसेनापति ट्रफी प्रतियोगिता भदौ ३० गतेदेखि असोज १५ गतेसम्म सञ्चालन हुने छ । ८ विधामा सञ्चालन हुने प्रतियोगितामा र जसमा फुटबल, भलिबल, बास्केटबल, तेक्वान्दो, बक्सिङ, पौडी, जुडो र एथ्लेटिक्स समावेश गरिएको छ ।
यसैबिच, प्रतियोगिताको उद्घाटनका अवसरमा पुरुषतर्फ एक हजार पाँच सय मिटर दौडमा रामचन्द्र बानियाँ र महिलातर्फ एञ्जिला कार्की प्रथम भएका थिए । कार्यक्रममा खेलाडीबाट विभिन्न खेल कौशल प्रदर्शन गरिएको थियो ।
खेलको माध्यमबाट मित्रताको अवधारणा अनुसार सैनिक नागरिक सम्बन्ध प्रगाढ तुल्याउने प्रतियोगिताको लक्ष्य रहेको सेनाले जनाएको छ ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्देश्यले नेपाली सेनाले विसं २०६५ देखि प्रत्येक वर्ष प्रतियोगिता सञ्चालन गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशी मुद्रा सहित एक जना पक्राउ
-
कीर्तिपुरमा विरासत जोगाउने र उल्टाउने चुनौतीमा कांग्रेस–एमाले, इतिहास रच्ने दाउमा माओवादी
-
‘बीबीए’ तहमा धौलागिरि क्याम्पसका छात्र रिजाल उत्कृष्ट
-
आज कुन तरकारी तथा फलफूलको कति छ मूल्य ? (सूचीसहित)
-
बोटबाटै सुन्तला झर्न थालेपछि किसान चिन्तित
-
२४ वटा जङ्गली हात्तीले आतंक मच्चायो