श्रममन्त्री र रोमानीयाका राजदूतबिच भेटवार्ता

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारी र नेपालका लागि रोमानीयाका राजदूत डेनिएला मारियाना सेजोनोभ टेनेबिच शिष्टाचार भेटवार्ता भएको छ ।
भेटवार्ताका क्रममा नेपाल र रोमानीयबिच भएको द्विपक्षीय श्रम सम्झौताको कार्यान्वयन, ठगी नियन्त्रण र मागपत्र प्रमाणीकरणमा देखा परेका चुनौतीहरूलाई समाधान गर्न निकट भविष्यमा दुवै सरकारको संयुक्त प्राविधिक समितिको बैठक आयोजना गर्ने लगायत दुवै देशमा कूटनीतिक नियोग खोल्ने सम्बन्धमा छलफल भएको थियो ।
राजदूत डेनिएलाले जनवरी २०२४ देखि हालसम्म करिब १९ हजारभन्दा बढी नेपालीहरूलाई रोमानीयाले श्रम भिसा जारी गरेको बताइन । उनले अब औपचारिक तवरबाट नेपाली श्रमिक रोमानीयामा पठाउन आवश्यक रहेको धारणा व्यक्त गरेकी थिइन् ।
मन्त्री भण्डारीले युरोपमा आप्रवासी श्रमिकको मानव अधिकार सुनिश्चित हुने भएकोले रोमानीयामा नेपाली श्रमिक पठाउने सन्दर्भमा नेपाल र रोमानीयाबिच भएको सम्झौता कार्यान्वयनका लागि प्रोटोकल निर्माण गर्ने, मागपत्र प्रमाणीकरणलाई सरलीकृत गर्ने लगायतका विषयलाई आगामी संयुक्त प्राविधिक समितिबाट टुङ्गो लगाइने बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारको आम्दानीभन्दा खर्च बढी, आठ महिनामा २३ प्रतिशत मात्रै विकास खर्च
-
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको तयारी शुरु
-
लुम्बिनीमा मातृमृत्युको डरलाग्दो स्वरुप, किन न्यूनीकरण भएन ?
-
जिल्ला अदालतहरूले उठाए १ अर्ब २३ करोड जरिवाना रकम, ३२ अर्ब बढी रकम असुल गर्न बाँकी
-
मन्त्री र मेयर गुटको लफडाले नीलकण्ठ क्याम्पसको स्ववियु निर्वाचन स्थगित
-
ईयूबाट आउने रक्सीमा २०० प्रतिशत अतिरिक्त भन्सार महसुल लगाउने ट्रम्पको धम्की