बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय

दिल्लीमा अब को बन्ला नयाँ मुख्यमन्त्री ?

आइतबार, ३० भदौ २०८१, १७ : ५७
आइतबार, ३० भदौ २०८१

नयाँ दिल्ली । दिल्लीमा रक्सीको अन्तःशुल्क नीतिमा घोटाला काण्डमा फसेर लामो समय जेलमा रहेका मुख्यमन्त्री अरविन्द केजरीवाल जमानतमा रिहा भइसकेका छन् । सर्वोच्चले रिहा गरेको दुई दिनपछि उनले आम आदमी पार्टी (आप) को कार्यालयमा कार्यकर्ताहरूलाई सम्बोधन गर्ने क्रममा दुई दिनपछि आफूले मुख्यमन्त्री पदबाट राजीनामा दिने बताएका छन् ।

जनताले केजरीवाल इमान्दार छन् भन्ने फैसला नगरेसम्म आफू मुख्यमन्त्रीको कुर्सीमा नबस्ने उनको भनाइ थियो । आफ्नो ठाउँमा अरू कोही मुख्यमन्त्री हुने केजरीवालले भनेका छन् । अर्थात् अब दिल्लीको विधान सभा भङ्ग हुने छैन ।

आपले केजरीवालको ठाउँमा नयाँ मुख्यमन्त्री छान्न विधायक दलको बैठक बोलाउँदैछ । यसैबाट मुख्यमन्त्रीको नाम घोषित हुनेछ । यो लिस्टमा अतिशीको नाम सबैभन्दा अगाडि छ ।

दिल्ली सरकारका मन्त्री आतिशी कालकाजी सिटका विधायक हुन् । अतिशी दिल्ली सरकारमा शिक्षा, उच्च शिक्षा, टीटीई वित्त, योजना, पीडब्ल्यूड, जल, विद्युत्, सेवा, सतर्कता, जनसम्पर्क मन्त्री छिन् ।

राजीनामाको घोषणा गर्नुअघि नै केजरीवालले अतिशीको नाम उल्लेख गरेका थिए । आतिशीको साथमा सौरभ भारद्वाजको पनि चर्चा भइरहेको छ । उनी दिल्लीको ग्रेटर कैलाश सिटका विधायक हुन् ।

सौरभ दिल्ली सरकारमा स्वास्थ्य, सहरी विकास र पर्यटन मन्त्री छन् । उनी पार्टीको राष्ट्रिय प्रवक्ता पनि हुन् । यसबाहेक दिल्ली सरकारका मन्त्री गोपाल राईको नाम पनि चर्चामा छ ।

त्यस्तै कैलाश गहलोतको नाम पनि मुख्यमन्त्री पदको दौडमा सुनिएको छ । यसमा आपका विधायक कुलदीप कुमार, मुख्यमन्त्री केजरीवालकी धर्मपत्नी सुनिता केजरीवालको नाम पनि आउन सक्ने अड्कलबाजी भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप