मङ्गलबार, २३ पुस २०८१
ताजा लोकप्रिय
ब्रान्ड

व्यवसाय प्रवर्द्धनमा दराजको योगदान

नयाँ युगका विक्रेता र उपभोक्ताको विश्वास जित्दै
आइतबार, ३० भदौ २०८१, १७ : ४५
आइतबार, ३० भदौ २०८१

काठमाडौँ । नेपालमा ई–कमर्सको विकासले परम्परागत व्यवसायहरूलाई नयाँ ढंगले पुनः परिभाषित गरिरहेको छ ।

बागमती प्लास्टिक्स र ज्वेल्स अफ नेपाल यसका ज्वलन्त उदाहरण हुन्, जसले आफ्ना उत्पादनको सटिक बजारीकरणका लागि अनलाइन प्लेटफर्म अपनाएर आफ्नो व्यवसायमा उल्लेखनीय सफलता हासिल गरेका छन् । 

  • बागमती प्लास्टिक ः गुणस्तर र नवप्रवर्तनको सङ्गम 

सन् १९८४ मा स्थापित बागमती प्लास्टिक, नेपालका सर्वाधिक विश्वसनीय प्लास्टिक उत्पादन निर्माताहरू मध्ये एक अग्रणी कम्पनी हो । गुणस्तर, नवप्रवर्तन, र वातावरणमैत्री उत्पादनहरूमा विशेष जोड दिएर बजारमा बागमती प्लास्टिकले आफ्नो स्थान सुरक्षित गरेको छ । यस ब्रान्डले घरायसी र औद्योगिक दुवै प्रयोजनका लागि उपयोगी उच्च गुणस्तरीय प्लास्टिक उत्पादनहरू बजारमा उपलब्ध गराउँदै आएको छ । 

बागमती प्लास्टिक्सका उत्पादनलाई देशव्यापी रूपमा बिक्री वितरण गर्दै आइरहेका एक सफल विक्रेता हुन्, प्रशन्न तुलाधर । तिनले लामो समयदेखि बागमती प्लास्टिक्सका उत्पादनहरू अनलाइन प्लेटफर्ममार्फत उपभोक्ताका लागि उपलब्ध गराउँदै आइरहेका छन् । 

यस कार्यमा उनका लागि दराजको अनलाइन प्लेटफर्म निकै सहयोगी प्रमाणित हुँदै आइरहेको उनले बताए । ‘पहिले माग भएता पनि विशेषतः उपत्यका बाहिरका उपभोक्तालाई सामान डेलिभरीका लागि निकै कठिनाइ हुन्थे । जसले गर्दा टाढा बजारहरूमा माग हुँदा पनि सामान पुर्‍याउन असमर्थ हुन्थ्यौँ,’ तुलाधरले भने, ‘अहिले भने दराजको डेलिभरी सुविधाका कारण निर्धक्क जहाँ माग छ त्यहीँ सामान पठाएर उपभोक्ताको मागको सम्बोधन गर्न सकिएको छ । यसले बजार विस्तारमा सहयोग पुग्नुका साथै मनग्य आम्दानी पनि बढेको छ । ’ 

सन् २०१९ मा व्यवसायका लागि विभिन्न अवसरहरू नियाल्दै गर्दा उनले अनलाइन विक्रेता बन्ने सोच बनाएका थिए । दराजसँगको सहकार्यपछि, बागमती प्लास्टिक्सका उत्पादनलाई उनले डिजिटल रूपमा  प्रस्तुत गर्न थाले । “दराजको माध्यमबाट, हामीले हाम्रो उत्पादनलाई देशका हरेक कुनामा सहजै पुर्‍याउन सफल भएका छौँ, यसले हाम्रो बिक्रीमा मात्र नभई, हाम्रो ब्राण्डको विश्वसनीयता र पहुँचमा पनि ठुलो सकारात्मक प्रभाव पारेको छ ।“ 

दराजको ई–कमर्स प्लेटफर्मले पनि तुलाधरका उत्पादनहरूलाई विशेष स्थान दिएको छ, जसले गर्दा ग्राहकहरूले सजिलै आफ्ना आवश्यकता अनुसारका उत्पादनहरू विभिन्न विकल्प मध्यबाट छनोट गरी सहजताका साथ खरिद गर्न सकेका छन् । तुलाधरले दराजको सर्च इन्जिन अप्टिमाइजेसन र कुशल  डेलिभरी नेटवर्कको फाइदा उठाउँदै बिक्रीमा निरन्तर वृद्धि हासिल गरिरहेको बताए । दराजले नेपालमा आफ्नो विशिष्ट स्थान बनाउनुको मुख्य कारणहरू मध्य, यसले प्रदान गर्ने सेवा, विश्वसनीयता, र ग्राहक तथा व्यवसायीप्रतिको समर्थन भएको उनको बुझाई छ । 

‘दराजले केवल सामान बेच्ने प्लेटफर्मको रूपमा मात्र नभई, एक सम्पूर्ण समाधानको रूपमा आफूलाई प्रस्तुत गर्दै आएको छ ’ उनले भने । 

  • ज्वेल्स अफ नेपाल ः आयातित फेशनेवल गहनाका लागि उत्कृष्ट गन्तव्य

ज्वेल्स अफ नेपालले पनि देशभरका उपभोक्ताका लागि चीन, भारत लगायत देशबाट आयातित फेशनेवल गर गहना उपलब्ध गराउँदै आइरहेको छ । सन् २०१५मा स्थापित ज्वेल्स अफ नेपालले सुरुवाती दिनहरूमा मौलिक गर गहना तथा हस्तकला सामग्री उत्पादन तथा बिक्री वितरण गर्दै आइरहेको थियो । 

कच्चा पदार्थहरूको आयात र माग बमोजिम समयमा आयात गर्दा हुने कठिनाइ  लगायत समस्या पश्चात् कम्पनीले बिस्तारै आयातित गरगहना आफ्ना उपभोक्तालाई उपलब्ध गराउन थालेको कम्पनीका संस्थापक सुजना सायमीले बताइन् । 

ज्वेल्स अफ नेपालले सन् २०१८ मा दराजसँग सहकार्य गरेर अनलाइन बजारमा प्रवेश गरेको हो ।  “दराजले हाम्रो व्यवसायलाई नयाँ उचाइमा पुर्‍याएको छ,’ ज्वेल्स अफ नेपालका संस्थापक सुजना सायमीले भनिन्, ‘अनलाइन बिक्रीको माध्यमबाट, हामी देशका कुनाकाप्चामा रहेका ग्राहकहरूसम्म पुग्न सफल भएका छौँ, र हाम्रो उत्पादनको मागमा उल्लेखनीय वृद्धि भएको छ ।’ 

दराजले ज्वेल्स अफ नेपालका उत्पादनहरूलाई आफ्नो प्लेटफर्ममा उचित स्थान दिँदै तिनको प्रवर्द्धनमा समेत महत्त्वपूर्ण भूमिका खेलेको सायमी बताउँछिन् । ग्राहकहरूको विश्वास जित्न दराजले आफ्नो सर्च इन्जिन अप्टिमाइजेसन, उत्पादनको प्रमाणीकरण, र कुशल डेलिभरी प्रणालीमा जोड दिएको उनले बुझाई छ । 

कुनै पनि उत्पादन खरिद गर्दा ग्राहकले दराजमा भरपर्दो सेवा प्राप्त गर्छन् । यसका अतिरिक्त, दराजले ग्राहकहरूको समस्या समाधान गर्न सक्षम ग्राहक सेवा टोलीलाई सक्रिय रूपमा परिचालन गर्नु पनि यसको रोजाइको एक प्रमुख कारण भएको उनले बताइन् । 

नेपालमा ई–कमर्स प्लेटफर्महरूको विकास गत दशकमा निकै तीव्र गतिमा भएको छ । डिजिटल प्रविधिको विस्तार, इन्टरनेट पहुँचको वृद्धि, र उपभोक्ताहरूको अनलाइन खरिदप्रतिको बढ्दो रुचिले यस क्षेत्रमा नयाँ सम्भावनाहरू ल्याएकोमा कसैको दुई मत नहोला । अनलाइन प्लेटफर्महरूको वृद्धिले परम्परागत खुद्रा व्यवसायहरूलाई पनि डिजिटल रूपान्तरणको बाटोमा अघि बढ्न प्रेरित गरेको छ । 

Daraz-Logo

नेपालमा विभिन्न अनलाइन प्लेटफर्महरूको उदयसँगै ती प्लेटफर्महरूले फरक–फरक विशेषताहरू समेत प्रस्तुत गरिरहेका छन् । तर ग्राहक र व्यवसायीहरूको विश्वास जित्न सधैँभरि चुनौतीपूर्ण नै रहन्छ । यद्यपि, यी चुनौतीहरूको बिचमा, दराजले आफ्नो स्थायी उपस्थिति कायम राख्न सफल भएको छ । दराजले नेपालमा आफ्नो विशिष्ट स्थान बनाउनुको मुख्य कारण हो, यसले प्रदान गर्ने सेवा, विश्वसनीयता, र ग्राहक तथा व्यवसायीप्रतिको समर्थन हो । दराजले केवल सामान बेच्ने प्लेटफर्मको रूपमा मात्र होइन, बरु एक सम्पूर्ण समाधानको रूपमा आफूलाई प्रस्तुत गर्दै आएको छ । 

व्यवसायीहरूका लागि, दराज एक विश्वसनीय साझेदारको रूपमा देखापरेको छ । दराजले  व्यवसायीहरूलाई आफ्नो उत्पादनलाई डिजिटल रूपमा प्रस्तुत गर्ने मात्र नभई, तिनको ब्राण्ड निर्माण गर्न र बजार विस्तार गर्न सहयोग प्रदान गर्दै आएको उनीहरूको बुझाई छ । दराजको प्लेटफर्मले व्यवसायीहरूलाई सजिलै नयाँ ग्राहकहरू समेट्न र आफ्नो व्यवसायलाई नयाँ उचाइमा पुर्‍याउन सक्षम बनाएको उनीहरू बताउँछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप