अर्थ मन्त्रालयद्वारा बहुवर्षीय स्रोत सहमतिको विवरण उपलब्ध गराउन ताकेता
आइतबार, ३० भदौ २०८१, १७ : ४८

काठमाडौँ । अर्थ मन्त्रालयले बहुवर्षीय स्रोत सहमति र भुक्तानी गर्न बाँकी रहेको दायित्वको यकिन विवरण उपलब्ध गराउन मन्त्रालयहरूलाई ताकेता गरेको छ । आइतबार अर्थ मन्त्रालयमा आयोजित विकास तथा पूर्वाधारसँग सम्बन्धित मन्त्रालयका सचिवहरूको बैठकमा अर्थ मन्त्रालयले स्रोत सुनिश्चित भएका र स्रोत सुनिश्चित नभएका बहुवर्षीय ठेक्का दायित्वको यकिन विवरण उपलब्ध गराउन निर्देशन दिएको हो ।
त्यसैगरी अर्थ मन्त्रालयले भुक्तानी गर्नुपर्ने दायित्वको विवरण उपलब्ध गराउन पनि निर्देशन दिएको छ। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बहुवर्षीय ठेक्का र भुक्तानी दिन बाँकी दायित्वमा समस्या देखिएकाले यकिन विवरण प्राप्त भएपछि उपयुक्त निर्णय गर्ने बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीका ७१८ वडालाई वर्गीकरण गरेर विषादी प्रयोगमा कडाई
-
ला लिगामा सेल्टा भिगो र लस पल्मसले अंक बाँडे
-
धर्मामा बसेका कर्मचारीको आँखा छलेर मध्यरातमा प्रदेश निजामती विधेयक पारित
-
उत्खननका क्रममा महाभारतकालीन ‘दरबारको जग’ भेटियो
-
बस्तीबाट बेहोस पारेर नियन्त्रणमा लिइएको बाघलाई निकुञ्जमा छाडिने
-
आईपीएल क्रिकेटमा मुम्बईको पहिलो जित, पुछारमा धकेलियो कोलकाता