छोरीका साथमा अस्पतालबाट घर आइन् दीपिका

नयाँ दिल्ली । बलिउड अभिनेत्री दीपिका पादुकोण अस्पतालबाट डिस्चार्ज भएकी छिन् । अभिनेत्री पादुकोण सेप्टेम्बर ७ मा अस्पतालमा भर्ना भएकी थिइन् । सेप्टेम्बर ८ मा छोरीलाई जन्म दिएपछि अभिनेत्री अस्पतालमै थिइन् ।
सेप्टेम्बर १५ मा उनी अस्पतालबाट डिस्चार्ज भएकी छिन् । अभिनेत्री श्रीमान् रणवीर सिंहको साथमा छोरी लिएर अभिनेत्री घर फर्केकी छिन् । रणवीर र दीपिका अस्पतालको पछाडिको ढोकाबाट बाहिर आएका थिए । उनीहरूको साथमा दीपिकाका पिता प्रकाश पादुकोण पनि थिए ।
सेलिब्रेटी फोटोग्राफर विरल भयानीले आफ्नो इन्स्टाग्राम ह्यान्डलमा एउटा भिडियो सेयर गरेका छन् । यसमा अस्पतालबाट बाहिरिँदै गरेको चारवटा कार देखिएको छ ।
यतिबेला दीपिका र रणवीर दुवैको परिवार पनि सँगै रहेको बताइएको छ । रणवीर सिंह र दीपिका पादुकोणले सामाजिक सञ्जालमा एक पोस्टमार्फत फ्यानहरूलाई आफू छोरीको आमाबुवा बनेको पनि बताएका थिए ।
दीपिकाकी छोरीलाई भेट्न अस्पताल पुगेका थिए शाहरुख खान
सेप्टेम्बर १२ मा बलिउड स्टार शाहरुख खान दीपिका पादुकोण र उनको सानो परीलाई भेट्न अस्पताल पुगेका थिए । शाहरुख आफ्नो सेतो रोल्स रोयस कारमा राति अबेर अस्पताल प्रवेश गर्दै गरेको देखिएका थिए ।
रणवीर र दीपिकाले अहिलेसम्म आफ्नो छोरीको तस्बिर सार्वजनिक गरेका छैनन् । दम्पतीले मिडिया सामु छोरीलाई सार्वजनिक नगर्ने भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रेडरिक मर्ज जर्मनीको चान्सलर बन्ने प्रबल संभावना
-
बुण्डेस लिगामा बायर्नको शानदार जित
-
ला लिगा : लयमा फर्कियो रियाल मड्रिड, बार्सिलोना गोल अन्तरले अगाडि
-
प्रिमियर लिगमा लिभरपुलको सहज जित, घरेलु मैदानमै हार्यो म्यान्सिटी
-
प्रवास एसियामा माओवादी अभियान : १० हजार सदस्य थप्ने योजना
-
आर्थिक विकासका लागि ‘डिजिटल गभर्नेन्स’ अति आवश्यक