मंसिर १६ गते उपनिर्वाचन गर्न निर्वाचन आयोगको प्रस्ताव
काठमाडौँ । निर्वाचन आयोगले आगामी मङ्सिर १६ गते उपनिर्वाचन तोक्न सरकारलाई सिफारिस गरेको छ । आइतबार प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहितका पदाधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरी मङ्सिर १६ गते आइतबार स्थानीय तहको उपनिर्वाचनको मिति तोक्न सरकारलाई सुझाव दिएका हुन् ।
स्थानीय तहमा हाल रिक्त जिल्ला समन्वय समितिका दुई प्रमुखसहित ४१ जनप्रतिनिधिको बाँकी कार्यकालका लागि उपनिर्वाचनको तयारी भएको हो । भेटमा प्रधानमन्त्री ओलीले प्रस्ताव अध्ययन गरी नेपाल सरकारले छिटो मिति तोक्ने जनाउँदै निर्वाचनलाई मितव्ययीरुपमा स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण ढङ्गले सम्पन्न गर्न आग्रह गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
आयोग पदाधिकारीसँगको भेटमा प्रधानमन्त्रीसहित उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, मुख्यसचिव एकनारायण अर्याललगायत सहभागी थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२५ वर्ष मुनिका कलेज गर्ल्सलाई रुसमा किन दिइँदैछ बच्चा पाइदिने अफर ?
-
एनएफपीजेको झण्डा ओढाएर वाइल्डलाइफ फोटोग्राफर शेर्पालाई अन्तिम श्रद्धाञ्जली
-
अध्यादेशबारे जानकारी दिन प्रधानमन्त्री ओलीले पत्रकार सम्मेलन गर्दै
-
काडाँघारीबाट रक्तचन्दनजस्तो देखिने काठसहित २ जना पक्राउ
-
बेंगलुरुमा नेपाली बालिकाको यौन दुर्व्यवहारपछि हत्या
-
संरचना बलियो बनाउन झकझक्याउने साना भूकम्प