साइबर ब्युरोमा दुई महिनामा १३ सय ३५ ठगीको उजुरी
काठमाडौँ । ‘लगानी गर्दा झन्डै दोब्बर कमाई हुन्छ’ भन्ने आश्वासनमा परेर १३ सय ३५ जनाले पछिल्लो दुई महिनामा करोडौँ गुमाएका छन् । विद्युतीय माध्यमबाट विदेशी सेयर मार्केट लगायतमा लगानी गर्दा झन्डै दोब्बर कमाई हुन्छ भन्ने सपना देखाएर गिरोहले ठगी धन्दा चलाएका हुन् ।
आर्थिक वर्ष २०८१–०८२ सुरु भएपछिको पछिल्लो दुई महिनामा मात्र साइबर ब्युरोमा १ हजार ३३५ थान ठगीको उजुरी परेको छ । विद्युतीय माध्यमबाट दुई महिनाको अवधिमा २१ करोड ३५ लाख ७७ हजार १८७ रुपैयाँ ठगी भएको उजुरी आएको साइबर ब्युरोका प्रवक्ता (एसपी) दीपकराज अवस्थीले रातोपाटीलाई बताए ।
विद्युतीय माध्यमबाट हुने ठगीलाई प्रहरीले छलफल गराएर फिर्ता गराउने गरेको छ । छलफलमा मिलापत्र हुन नसके मात्र मुद्दा अघि बढाइने एसपी अवस्थीले बताए । उनले भने– ‘पछिल्लो दुई महिनामा हामीले दुवै पक्षलाई सहमति गराएर १ करोड २ लाख ५ हजार २४६ रुपैयाँ फिर्ता गराएका छौँ ।’
ठगी मुद्दामा एक वर्षको हदम्याद हुने हुनाले सो अवधिमा मिलापत्र नभए मात्र ब्युरोले मुद्दा दर्ता गरेर जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाउने गरेको छ । ब्युरोमा आएका १३३५ उजुरीमध्ये २०७ वटा उजुरी मिलापत्रमा टुङ्गिएका छन् । एसपी अवस्थी भन्छन्– ‘साइबर अपराध सम्बन्धी अरू पनि धेरै उजुरी आउने हुनाले हामीलाई अनुसन्धान समयमा पुरा गर्नुपर्ने दबाब हुन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी कामकाजको भाषा चाँडै लागु हुन्छ: मुख्यमन्त्री सिंह
-
पञ्जाबले कीर्तिमानी मूल्य २६ करोड ७५ लाखमा किन्यो श्रेयष ऐयरलाई, बटलर गुजरातमा
-
चार कारणले थपियो रवि लामिछानेसहितलाई १५ दिन म्याद
-
हिरासतबाट दुर्गा प्रसाईंले लेखे समर्थकलाई पत्र
-
बेलायतमा तीन अमेरिकी सैन्य शिविरमाथि रहस्यमय ड्रोन
-
दुर्गा प्रसाईंलाई सर्वोच्चमा उपस्थित गराउन आदेश