‘कम्पनीहरूले मूल्य बढाएर आईपीओ जारी गर्ने परिपाटीले साना लगानीकर्ता मारमा’

काठमाडौँ । नेकपा एमालेका सांसद पदम गिरीले एउटा समितिले एउटा निर्णय गरिसकेपछि अर्को समितिको बैठक बसेर अर्कै निर्देशन दिने परिपाटीले असमझदारी बढ्दै गएको बताएका छन् । आइतबार अर्थ समितिको बैठकमा बोल्दै उनले यस्तो परिपाटीलाई समितिका सभापतिहरूले बसेर समाधान गर्नुपर्ने बताएका हुन् ।
उनले भने, ‘एउटा समितिले एउटा निर्णय गरिसकेपछि अर्को समितिको बैठक बसेर अर्कै निर्देशन दिने परिपाटीले एक प्रकारको असमझदारी बढेको छ । यसको समाधानका लागि समितिका सभापतिहरूले बसेर समाधान गरौँ । क्षेत्राधिकार मिचेर निर्देशन दिने पनि केही अवस्थाहरू आउँछन् । तर संवादको माध्यमबाट यस्ता समस्याहरूलाई हल गर्दै लैजानुपर्दछ । ’
साथै उनले कम्पनीहरूले मूल्य बढाएर आईपीओ जारी गर्ने परिपाटीका कारण साना लगानीकर्ताहरू मारमा पर्ने गरेको बताए । उनले नियम संशोधन गरेर राजपत्रमा प्रकाशित नगर्दा सर्वसाधारण लगानीकर्ताहरूलाई त्यो जानकारी नहुँदा सूचनाको हकबाट वञ्चित भएको हो कि ? यस विषयलाई गम्भीरताका साथ लिनुपर्ने बताए ।
यस्तै नेपाली कांग्रेसका सांसद विनोद चौधरीले सञ्चालनमा नआई आईपीओमा कम्पनीको नेटवर्थ कसरी १०० भन्दा बढी हुन्छ भन्दै प्रश्न गरेका छन् । उनले ऐन–कानुनका कारणले राम्रा कम्पनी बजारमा नआएका कारण बजारलाई प्रभावित पार्ने निर्णय हामीले गर्न नहुने बताए ।
उनले भने, ‘सञ्चालनमा नआई आईपीओमा आउने कम्पनी पनि छन्, ती कम्पनीको नेटवर्थ कसरी १०० भन्दा बढी हुन्छ ? बजारमा अब्बल कम्पनी भित्रिएका छैनन् । हामीले समग्र रूपलाई हेर्नुपर्छ । ऐन–कानुनका कारणले राम्रा कम्पनी नआएका हुन् कि । बजारलाई प्रभावित पार्ने निर्णय हामीले गर्नु हुन्न । हाम्रा अहिलेका ऐन नियममा कहाँ के के कुरा मिलेको छैन त्यो पनि हेर्नुपर्ने भएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोस्रो स्थानको आर्सनललाई घरेलु मैदानमै झट्का
-
महाशिवरात्रि : आकर्षक बनाइँदै पशुपति क्षेत्र
-
१२ बजे, १२ समाचार : फुङलिङमा आन्दोलनरत पक्ष र प्रहरीबीच झडपदेखि कुलमान र उर्जामन्त्री खड्काबीच चुलिँदो विवादसम्म
-
देशलाई समृद्ध बनाउने मुख्य आधार युवा जनशक्ति : स्वास्थ्यमन्त्री पौडेल
-
झापा–११ सेमिफाइनलमा प्रवेश
-
इटहरी गोल्डकपः उपाधि काठमाडौंको मच्छिन्द्र क्लबलाई