लिक छाडेर खेतमा पुग्यो रेल
आइतबार, ३० भदौ २०८१, १५ : २१

काठमाडौँ । भारतको बिहार राज्यको गयामा एउटा रेल अनियन्त्रित हुँदै लिक छाडेर खेतमा पुगेको छ ।
‘लुप लाइन’ अर्थात् वैकल्पिक लिकबाट गइरहेको रेलको इन्जिन अनियन्त्रित हुँदै खेतमा पुगेको हो । यो घटना शुक्रबार दिउँसोको रहेको बताइएको छ । स्थानीयले रेल अनियन्त्रित भएपछि बनाएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको हो ।
भारतीय सञ्चारमाध्यमका अनुसार गया–किउल रेल लाइनमा वजीरगञ्ज स्टेसन र कोल्हाना हल्टको बिच रघुनाथपुर गाउँ नजिकै उक्त घटना भएको हो । रेलमा यात्री बोक्ने डिब्बा भने थिएन । लोको पाइलटले रेलको इन्जिनमात्र गन्तव्यतर्फ लगिरहेको बेलामा उक्त दुर्घटना भएको जनाइएको छ ।
सो दुर्घटनामा मानवीय क्षति भने भएको छैन । रेलको लिक र इन्जिनमा सामान्य क्षति भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षक आन्दोलन : मंगलबार रातिको वार्तामा अर्थमन्त्री र गृहमन्त्री पनि सहभागी
-
आठ वर्षपछि दिल्लीको मैदानमा कोलकाताको पहिलो जित, नरेनको अलराउण्ड प्रदर्शनले लियो हारको वदला
-
आफुहरुको माग सम्बोधन हुनेमा शिक्षक महासंघ विश्वस्त, १२ को परीक्षाबारे गम्भीर, आन्दोलन जारी रहने
-
१२ बजे, १२ समाचार : सरकार र शिक्षकबीचको वार्ता निष्कर्षविहीनदेखि कजरिया टायल्सको कारोबार रोक्कासम्म
-
सरकार र शिक्षकबिचको वार्ता निष्कर्षविहीन
-
१० बजे १० समाचार : शिक्षकको आन्दोलन र वार्ता सँगसँगै, कलाकारमाथि डिजिटल हिंसा