बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

ग्रीन टी कति पिउने, कहिले पिउने ?

आइतबार, ३० भदौ २०८१, १४ : ३७
आइतबार, ३० भदौ २०८१

काठमाडौँ । ग्रीन टीले मानिसको तौल घटाउनदेखि प्रतिरोधात्मक शक्ति बढाउन फाइदाजनक मानिन्छ । कयौँ अध्ययनहरूले ग्रीन टीलाई सही तरिकाले प्रयोग गर्दा शरीरलाई धेरै फाइदाहरू हुने देखाएको छ । 

तर, यसलाई पिउँदा केही नोक्सानहरू पनि छन्, जसबारे तपाईंलाई थाहा नहुन सक्छ । हेल्थलाइनको एक रिपोर्ट अनुसार ग्रीन टी धेरै पिउँदा तपाईं आफ्नो शरीरलाई चाहिनेभन्दा बढी क्याफिन लिइरहनुभएको हुन्छ ।

यो तपाईंको पेटको समस्याको कारण बन्न सक्छ । यति मात्र होइन, यसले तपाईंको निद्राको चक्र पनि प्रभावित बन्न सक्छ । टाउको दुख्ने, तनाव, कब्जियत, एसिड रिफल्क्स र उल्टी जस्ता समस्या पनि निम्तन सक्छ ।

क्याफिनले तपाईंको मांसपेशीमा पनि असर पुग्छ । त्यसैले यसलाई खाली पेटमा भन्दा केही खाएपछि खान विज्ञहरू सुझाउँछन् ।

कति पिउने ग्रीन टी ?

हेल्थलाइनको रिपोर्ट अनुसार दिनभरमा तपाईंले सानो कपको ३–४ कप पिउनु उपयुक्त मानिन्छ । यसलाई कहिले पनि खाली पेटमा पिउनु हुँदैन । बरु खाना खाएपछि राम्रोसँग पचाउन यसलाई पिउन सकिन्छ । यद्यपि, खाना खाने बित्तिकै पनि यसलाई पिउनु हुँदैन । कम्तीमा १५ मिनेटको अन्तर राख्न जरुरी हुन्छ ।

माइग्रेन

ग्रीन टीमा क्याफिन हुन्छ । जसलाई पहिले नै माइग्रेनको समस्या छ, उनीहरूले यसलाई पिउँदा ध्यान दिनुपर्छ किनभने यसले त्यो समस्या बल्झाउन सक्छ ।

आइरनको कमी

ग्रीन टीमा एन्टीअक्सिडेन्ट हुन्छ । तर, यसले शरीरमा आइरन सोस्ने प्रक्रियामा बाधा पुर्‍याउन सक्छ । आइरनको कमीको कारण हुने रोग र एनिमियाजस्ता समस्याबाट ग्रसित मानिसहरूका लागि यो पिउनु खतरनाक हुनसक्छ । 

रगत पातलो बनाउने

ग्रीन टीले तपाईंको रगत पातलो बनाउन सक्छ । ग्रीन टीमा पाइने एक यौगिकले शरीरमा फाइब्रिनोजेनलाई नष्ट गर्छ । ग्रीन टीले फ्याटी एसिडको अक्सीकरणलाई पनि रोक्छ, जसले खुन पातलो हुनसक्छ । रजस्वलाको दौरान ग्रीन टी पिउनु राम्रो मानिँदैन ।

कलेजको समस्या

ग्रीनको अत्यधिक सेवनले कलेजोको समस्या पनि निम्त्याउन सक्छ । विज्ञका अनुसार क्याफिनले कलेजोमा दबाब बढाउन सक्छ । 

अस्वीकरण  (Disclaimer) : यो सामग्री हामीले एजेन्सीबाट लिएका हौँ । यसलाई पूर्ण ठानेर यहाँ बताइए बमोजिम आफैँ अभ्यास नगर्नुहोला, यसलाई आधार मानेर एकपटक सम्बन्धित विषयको चिकित्सकसँग परामर्श लिनुहोला ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप