बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय

जोन्टी रोड्स भन्छन्, ‘रोहित शर्मा अल्छे खेलाडी हुन्, उत्कृष्ट ब्याटिङ शैली पनि छैन’

आइतबार, ३० भदौ २०८१, १४ : ३६
आइतबार, ३० भदौ २०८१

काठमाडौँ । दक्षिण अफ्रिकाका जोन्टी रोड्स आफ्नो समयका चर्चित क्रिकेटर हुन् । आफ्नो समयका प्रभावशाली ब्याट्सम्यान रोड्स उत्कृष्ट फिल्डिङ कलाका कारण सबैन्दा बढी चर्चित थिए । उनले विश्वकै लोकप्रिय फ्रेन्चाइज प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल) मा फिल्डिङ प्रशिक्षकको भूमिका पनि निर्वाह गरिसकेका छन् ।

यी चर्चित क्रिकेटरले भारतीय टोलीका कप्तान रोहित शर्मामाथि गम्भीर आरोप लगाएका छन् । रोहित शर्मामाथि उनको टिप्पणी अहिले सामाजिक सञ्जालमा पनि ब्यापक चर्चाको विषय बनिरहेको छ । उनले रोहित शर्मालाई मेहनत गर्न डराउने अल्छे खेलाडीको संज्ञा दिएका छन् ।

५५ वर्षीय जोन्टी रोड्स कुनै समय आईपीएल क्लब मुम्बई इन्डियन्सका बलिङ प्रशिक्षक थिए । रोहित शर्मा पनि मुम्बई इन्डियन्सका सर्वाधिक सफल खेलाडी हुन् । जोन्टीले रोहित शर्माको ब्याटिङ शैलीमाथि पनि प्रश्न उठाएका छन् ।

‘सचिन तेन्दुल्करजस्तो मेहनति खेलाडी होइनन्, रोहित शर्मा । अभ्यासका क्रममा पनि उनलाई मैले धेरैपटक देखेको छु । उनीसँग ब्याटिङको उत्कृष्ट शैली पनि छैन । सबैभन्दा ठुलो कुरा त उनी अझै सुध्रिएका छैनन् । मलाई अचम्म लाग्छ !’ सञ्चारकर्मीसँगको कुराकानीमा जोन्टीले भनेका छन् ।

जोन्टीले उत्कृष्ट ब्याटिङ शैलीभन्दा पनि आफ्नो ब्यवहार र हातको शक्तिका भारतमा रोहितले सफलता हात पारेको टिप्पणी पनि गरेका छन् । ‘यथार्थ के हो भने, रोहित शर्मा आफ्नो शान्त ब्यवहार र हातको शक्तिका कारणमात्र सफल खेलाडी बनेका हुन् । क्रिजमा उनी धेरै फुट वर्कको प्रयोग गर्न पनि रुचाउँदैनन् । यसका लागि पटक–पटक उनको आलोचना पनि हुने गरेको छ,’ जोन्टीले भनेका छन् ।

जोन्टी हाल आईपीएल क्लब लखनउ सुपर जायन्ट्ससँग जोडिएका छन् । रोहित शर्मा भने बंगलादेशविरुद्धको दुई टेस्टको शृंखलाको अन्तिम तयारीमा ब्यस्त छन् । पहिलो टेस्ट सेप्टेम्बर १९ तारिखमा चेन्नईमा सुरु हुनेछ ।

हालै अमेरिका र वेस्ट इन्डिजमा सम्पनन टी–२० विश्वकपपछि रोहितले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिइसकेका छन् । फ्रेन्चाइज क्रिकेट, एकदिवसीय अन्तर्राष्ट्रिय र टेस्ट क्रिकेटमा भने उनी अझै सक्रिय छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप