रणवीर–दीपिकाले मिडियामा छोरीको अनुहार नदेखाउने
आइतबार, ३० भदौ २०८१, १४ : २०

नयाँ दिल्ली । बलिउड अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोण भर्खरै मात्र मातापिता बनेका छन् । दीपिकाले ८ सेप्टेम्बरमा मुम्बईको एक अस्पतालमा छोरीलाई जन्म दिएकी थिइन् ।
सिंह दम्पतीले सामाजिक सञ्जालमा ‘वेलकम बेबी गर्ल’ भन्दै फ्यानहरूलाई यो शुभ समाचार सुनाएका थिए । यसैबिच सिंह दम्पतीले सञ्चार माध्यमहरूमा आफ्नी छोरीको अनुहार नदेखाउने भएका छन् । अनुष्का शर्मा र विराट कोहलीको सिको गरेर सिंह दम्पतीले पनि छोरीको मामिलामा नो–फोटो पलिसी अपनाउने भएका छन् ।
छोरीलाई आफैँले हुर्काउने पनि अभिनेत्रीले भनेकी छिन् । बलिउड लाइफको रिपोर्ट अनुसार छोरीका लागि सिंह दम्पतीले कुनै न्यानी राख्ने छैनन् । यसमा दीपिकाले अभिनेत्री ऐश्वर्या राय बच्चनलाई पछ्याएकी छिन् । ऐश्वर्याले झैँ दीपिकाले पनि आफ्नी छोरीको सारा काम आफैँ गर्ने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यमनको इन्धन बन्दरगाहमा अमेरिकी आक्रमण : मृत्यु हुनेको सङ्ख्या ७४ पुग्यो
-
समाजवादी ट्रेड युनियन महासंघको महाधिवेशन हुँदै
-
दाङमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु
-
सीके राउतको गेम : श्रीमानविरुद्ध उजुरी, श्रीमतीलाई कुर्सी
-
माल्टामा क्यासियर काम गर्दै आएका सरुनलाई अन्तर्राष्ट्रिय बडीबिल्डिङ प्रतियोगितामा उत्कृष्ट सफलता
-
शुभयात्रा कलेक्सनको आउटलेट विस्तार