मङ्गलबार, ०६ कात्तिक २०८१
ताजा लोकप्रिय

करिब ३०० यात्रीलाई विमानमै ५ घण्टासम्म राखेपछि भनियो– ‘फ्लाइट क्यान्सिल’

आइतबार, ३० भदौ २०८१, १४ : १४
आइतबार, ३० भदौ २०८१

काठमाडौँ । मुम्बईबाट दोहा जान लागेको इन्डियो एयरलाइन्सका यात्री ५ घण्टाभन्दा बढी समयसम्म विमानमै बसेर पनि गन्तव्यतर्फ जान पाएनन् ।

आइतबार बिहान ३ः५५ बजे दोहाका लागि उड्नुपर्ने विमान झण्डै ६ घण्टासम्म पनि उड्न नसकेपछि यात्रीले निकै सास्ती बेहोर्नु परेको थियो ।

इन्डिगोको उडान नम्बर ६ई १३०३ रहेको विमानमा करिब ३०० यात्री बोर्डिङ सकेर उडानको प्रतीक्षामा थिए । अध्यागमनको प्रक्रिया पूरा गरेर विमानमा पुगेका ती यात्रीलाई ५ घण्टाभन्दा बढी समयसम्म विमानमै राखेपछि एयरलाइन्सले ‘फ्लाइट क्यान्सिल’ भन्दै फेरि फर्काएको थियो ।

विमानका यात्रीले आफूलाई घण्टौँसम्म भोकै–प्यासै विमानमा राखेर उडान रद्द भएको भन्दै फर्काइएको गुनासो गरेका छन् । एयरलाइन्सले भने केही प्राविधिक समस्याका कारण उडान हुन नसकेको जनाएको छ ।

यात्रीलाई खाना–पानीको व्यवस्था भने गरिएको एयरलाइन्सले जनाएको छ । ती यात्रीलाई अर्को फ्लाइटका लागि ‘रि–बुकिङ’ गरिएको पनि एयरलाइन्सको भनाइ छ । त्यतिन्जेलसम्मका लागि यात्रीलाई होटलमा राखिने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप