राजनीतिका लागि फिल्म छाड्दै थलापति विजय
चेन्नई । तमिल सुपरस्टार थलापति विजय आफ्नो राजनीतिक करियरमा ध्यान दिनका लागि फिल्मी करियर छाड्ने तयारी गरेका छन् । यसैबिच शनिबार केभीएन प्रोडक्सनले अभिनेताको अन्तिम चलचित्र ‘विजयी ६९’ सँग जोडिएको जानकारी साझा गरेको छ । यस चलचित्रमा विजय लोकतन्त्रका लागि लडाइँ गर्दै देखिनेछन् ।
चलचित्र निर्माताले सामाजिक सञ्जालमा एक पोस्ट सेयर गरेका छन्, जसमा विजयको अनुहार नदेखाई उनीहरुले एउटा पोस्टर साझा गरेका छन् । उनीहरूले विजयको हिट फिल्मको सिनहरूको भिडियो पनि सेयर गरेका छन् ।
जसमा उनीहरूले लेखेका छन्, ‘हाम्रो पहिलो तमिल चलचित्रको घोषणा गर्न पाउँदा हामी खुसी छौँ । यो एउटा पर्व हो । थलापतिका लागि माया । हामी सबै तपाईंको फिल्म हेर्दै ठुलो भएका हौँ । ३० वर्षभन्दा बढी समय तपाईंले हामीलाई मनोरञ्जन प्रदान गर्नुभयो, यसका लागि धन्यवाद ।’
यो चलचित्र सन् २०२५ को अक्टोबरमा रिलिज हुनेछ । सञ्चारमाध्यममा प्रकाशित रिपोर्टका अनुसार यो फिल्म रिलिज भएपछि विजय चलचित्रबाट लामो ब्रेक लिनेछन् र सबै ध्यान राजनीतिमा दिनेछन् ।
विजयले गत २ फेब्रुअरीमा आफ्नो राजनीतिक पार्टी तमिलगा वेत्री कषगम खोलेका थिए । यसको अर्थ तमिलनाडु विजयी पार्टी हो । अभिनेताले सन् २०२६ को विधानसभा चुनाव लड्ने तयारी गरेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अहिलेको सन्दर्भमा समाजवादको सही बाटो कसरी पहिल्याउने ?
-
प्रधानमन्त्रीबाट कर्मक्युर होटेल उद्घाटन
-
रोहित शर्मादेखि यशस्वीसम्म घरेलु क्रिकेट खेल्ने तयारीमा, विराट कोहलीको टुंगो छैन
-
ऐन कानुन कार्यान्वयन अन्तरक्रियाबारे प्रतिवेदन हस्तान्तरण
-
भूमिसम्बन्धी अध्यादेश आज जारी हुन्छ : प्रधानमन्त्री
-
तान्जानियामा मारबर्ग भाइसरका कारण आठ जनाको मृत्यु : डब्लुएचओ