गोविन्दाको घरमा एक युवती कामदारको भेषमा २० दिनसम्म बसेपछि....

नयाँ दिल्ली । बलिउड अभिनेता गोविन्दा ९० को दशकका चर्चित स्टार मध्येका एक थिए । उनको फ्यान फलोइङ यति धेरै थियो कि उनको घर बाहिर वा फिल्मको सेटमा उनको एक झलक पाउन फ्यानहरू खासगरी केटीहरू लाइनमा उभिएर बसेका हुन्थे ।
गोविन्दाकी श्रीमती सुनिताले एक अन्तरवार्तामा अभिनेतालाई स्टेजमा देखेपछि केटीहरू बेहोस हुने गरेको बताएकी छिन् । एकपटक एउटी महिला फ्यान उनीहरूको घरमा २० दिनसम्म घरेलु कामदार बनेर बसेको पनि उनले बताइन् ।
‘हाम्रो घरमा एउटी केटी २०–२२ दिनसम्म काम गर्न बसिन् । उनी हेर्दा हुनेखाने परिवारको जस्तो देखिन्थिन् । ती केटीलाई भाँडाकुँडा धुन आउँदैनथ्यो, न त घर कसरी सफा गर्ने भन्ने नै थाहा छ भनेर मैले सासू आमालाई भनेँ । उनी जवान थिइन् । तर मेरो मनमा शङ्का पलाइरहेको थियो’ सुनिताले भनिन् ।
हरेक दिन ती केटी ढिलोसम्म जागा बसेर गोविन्दालाई पर्खिन्थिन् । यो देखेर आफू छक्क पर्थे । उनी को हुन्, के हुन् भन्ने सकसक बढ्दै गएपछि सुनिताले उनको ब्याकग्राउण्ड चेक गरिन् ।
यस क्रममा उनी गोविन्दाको फ्यान भएको र कुनै ठुला मन्त्रीकी छोरी भएको थाहा पाइन् । युवतीलाई केरकार गरेपछि उनी रुन थालिन् । यो घटना सार्वजनिक भएपछि ती युवतीका पिता चार–चारवटा कार लिएर उनलाई लिन आए ।
चार वर्षदेखि फिल्ममा देखिएका छैनन् गोविन्दा
आफ्नो ३७ वर्षको करियरमा गोविन्दाले करिब १७० चलचित्रमा काम गरेका छन् । उनको अघिल्लो फिल्म चार वर्षअघि २०१९ मा आएको रंगीला राजा थियो । यो फिल्म फ्लप भयो । त्यसपछि गोविन्दाले कुनै फिल्ममा काम पाएका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रिपरिषद्को आह्वानपछि शिक्षक महासंघले के भन्यो ?
-
शिक्षकहरुलाई विद्यालय फर्कन सरकारको आह्वान
-
वैशाख १२ गते संघीय संसदको बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस
-
मोटरसाइकलको ठक्करबाट ६० वर्षीय पुष्प दासको मृत्यु, ३० वर्षीय दुरेन पक्राउ
-
सामाजिक सद्भाव बिथोल्ने सामग्री सम्प्रेषण नगर्न अनुरोध
-
१० बजे १० समाचार : मधेसमा कमिसनको चक्कर, भाटभटेनी लुटपाट गर्नेहरू छुट्दै