राजीनामा दिन्छु भन्ने केजरीवालको घोषणा ‘पीआर स्टन्ट’

नयाँ दिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दुई दिनपछि राजीनामा दिने घोषणा गरेका छन् । उनको यो घोषणालाई भारतीय जनता पार्टी (भाजपा) ले पीआर स्टन्ट भनेको छ । ‘यो अरविन्द केजरीवालको पीआर स्टन्ट हो, उनले बुझेका छन् कि दिल्लीका जनतामा उनको छवि कट्टर इमानदार नेताको नभएर कट्टर भ्रष्ट नेताको भएको छ’ भाजपाका प्रवक्ता प्रदीप भण्डारीले समाचार एजेन्सी एएनआईलाई भनेका छन् ।
‘आज आम आदमी पार्टीलाई देशभर कट्टर भ्रष्ट पार्टीको रूपमा चिनिन्छ । यस पीआर स्टन्टको माध्यमबाट उनी आफ्नो हराएको छवि पुनः प्राप्त गर्न चाहन्छन् । तर आज दिल्लीका जनताका अगाडि तीनवटा कुराको फैसला भएको छ । पहिले कुरा अरविन्द केजरीवाल मसँग बैंक ब्यालेन्स शून्य छ भन्छन् । त्यसो हो भने उनले यति ठुलो सिसमहल कसरी बनाए ?’ भण्डारीले भनेका छन् ।
‘दोस्रो कुरा केजरीवाल भन्छन् कि म दिल्लीका जनताको बीचमा जानेछु अनि त्यतिबेलासम्म अरू कसैलाई मुख्यमन्त्री बनाउँछु । जसको अर्थ उनी सोनिया गान्धीको मोडल अपनाउन चाहन्छन् भन्ने स्पष्ट छ ।
तेस्रो, आम आदमी पार्टीले दिल्ली चुनाव हारेको छ र दिल्लीका जनताले उनको नाममा भोट दिँदैनन् भन्ने कुरा उनले बुझिसकेका छन् । त्यसैले उनी अरू कसैलाई बलिको बोका बनाउन चाहन्छन्’ उनले भनेका छन्
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
च्याम्पियन्स लिग : पीएसभीको पोष्टमा आर्सनलको गोल वर्षा, डर्टमण्ड रोकियो बराबरीमा
-
च्याम्पियन्स लिग अन्तिम १६ को पहिलो लेगमा रियाल मड्रिड विजयी, दबाबमा एटलेटिको
-
श्रमदानबाटै स्थानीयले गरे सिंचाइ योजना मर्मत
-
पानी जहाज कार्यालयका कर्मचारीको गुनासै गुनासो
-
दिल्लीमा महत्वपूर्ण सम्झौता गरेर खानेपानीमन्त्री यादव स्वदेश फिर्ता
-
१२ बजे, १२ समाचार : राजनीतिमा फर्किने चर्चाबीच विद्या भण्डारीको प्रधानमन्त्रीलाई सन्देशदेखि माओवादी अभियानसम्म