अरविन्द केजरीवालद्वारा मुख्यमन्त्री पदबाट राजीनामा दिने घोषणा
आइतबार, ३० भदौ २०८१, १२ : ४९

नयाँ दिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले मुख्यमन्त्री पदबाट राजीनामा दिने घोषणा गरेका छन् । आइतबार उनले मुख्यमन्त्री पदबाट राजीनामा दिने घोषणा गरेका हुन् ।
जेलबाट रिहा भएको दुई दिनपछि आम आदमी पार्टी (आप)को कार्यालयमा कार्यकर्तालाई सम्बोधन गर्दै उनले यो घोषणा गरेका हुन् । आफूले दुई दिनपछि मुख्यमन्त्रीको पदबाट राजीनामा दिने उनले बताए ।
‘म मुख्यमन्त्रीको कुर्सीबाट राजीनामा दिनेछु र जनताहरूले आफ्नो फैसला नसुनाएसम्म म मुख्यमन्त्रीको कुर्सीमा बस्ने छैन,’ आइतबार दिल्लीस्थित आम आदमी पार्टीको मुख्यालयमा उनले भने ।
‘म जनताको बिचमा जान्छु, हरेक गल्लीमा जान्छु, घर घरमा जान्छु र जनताले केजरीवाल इमान्दार छन् भन्ने फैसला नगरेसम्म म मुख्यमन्त्रीको कुर्सीमा बस्ने छैन’ अझ अगाडि उनले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यूपीका मुख्यमन्त्री आदित्यनाथको दाबी- महाकुम्भमा एउटा पनि अपराधको घटना भएन
-
थापाथलीमा पाईप फुटेर सडक जलमग्न : लाखौं रकमको क्षति
-
पाकिस्तानी टोलीमा ब्यापक परिवर्तन, सलमान आगा टी–२० टोलीको कप्तान
-
टिकाथलीमा बोरिङबाट निस्किएको ग्यास, घरघरमा पुर्याउन स्थानीयको माग
-
जनताले प्राप्त गरेका अधिकारको रक्षा गर्ने जिम्मेवारी माओवादीकै हो : प्रचण्ड
-
सशस्त्र प्रहरीले अर्डर गरेको १ सय २० वटा खुकुरी कारखानाबाटै चोरी, ३ जना पक्राउ