१२ मन्त्रालयको पुँजीगत खर्च राष्ट्रिय औसतभन्दा कम
काठमाडौँ । कुल २२ मन्त्रालयमध्ये राष्ट्रिय औसत पुँजीगत खर्चभन्दा माथि खर्च गर्ने मन्त्रालय १० वटा छन् । सरकारको नीति तथा कार्यक्रमको वार्षिक प्रगति प्रतिवेदन (आर्थिक वर्ष २०८०/०८१) अनुसार १२ वटा मन्त्रालयको पुँजीगत खर्च प्रगति भने राष्ट्रिय औसतभन्दा कम देखिएको छ ।
आर्थिक वर्ष २०८०/०८१ मा नेपाल सरकारको पुँजीगत खर्चको प्रगति ६३.४७ प्रतिशत भएको छ । अघिल्लो आर्थिक वर्ष २०७९/०८० मा पुँजीगत खर्च ६१.४४ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०८०/०८१ मा केही सुधार भएर ६३.४७ प्रतिशत पुगेको छ ।
तुलनात्मक रूपमा रक्षा मन्त्रालयको सबैभन्दा बढी ९७.४३ प्रतिशत र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सबैभन्दा कम १६.५० प्रतिशतमात्र पुँजीगत खर्च भएको देखिएको छ ।
विकास निर्माणसँग प्रत्यक्ष सम्बन्ध राख्ने मन्त्रालयमध्ये पुँजीगत खर्च ४९.६९ प्रतिशत भार रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको ७३.२१ प्रतिशत पुँजीगत खर्च भएको छ । यस्तै १४.४८ प्रतिशत भार रहेको सहरी विकास मन्त्रालयको ६५.८१ प्रतिशत पुँजीगत खर्च भएको छ ।
यस्तै ११.९१ प्रतिशत भार रहेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको ८०.९ प्रतिशत, ४.०९ प्रतिशत भार रहेको खानेपानी मन्त्रालयको ६३.८४ प्रतिशत र २.९१ प्रतिशत भार रहेको रक्षा मन्त्रालयको ९७.४३ प्रतिशत प्रगति देखिएको छ ।
राष्ट्रिय औसत पुँजीगत खर्चभन्दा माथि पुँजीगत खर्च गर्ने १० मन्त्रालय
३१ प्रतिशत पुँजीगत खर्च कटाउन नसक्ने ५ मन्त्रालय
खर्चको प्रगति राष्ट्रिय औसत पुँजीगत खर्चभन्दा कम खर्च गर्ने १२ मन्त्रालयमध्ये ३ वटाको पुँजीगत खर्च ५० प्रतिशतमाथि छ भने ९ वटा मन्त्रालयले ५० प्रतिशत खर्च कटाउन सकेका छैनन् । तीमध्ये ५ मन्त्रालयले ३१ प्रतिशत पनि पुँजीगत खर्च कटाउन सकेका छैनन् । जसमा सबैभन्दा कम खर्च गर्नेमा ०.०३ भार रहेको महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले १६.५० प्रतिशत खर्च गरेको छ ।
यस्तै ०.२५ भार रहेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले २०.८४ प्रतिशत पुँजीगत खर्च गरेको छ । ०.४० भार रहेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले २३.१९ प्रतिशत, ०.०३ भार रहेको सङ्घीय मामिला तथा प्रशासन मन्त्रालयले २७.७५ र शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले ३०.४५ प्रतिशत खर्च गरेका छन् ।
राष्ट्रिय औसत पुँजीगत खर्चभन्दा कम देखिएका मन्त्रालय
गत आर्थिक वर्ष २०८०/०८१ मा कुल विनियोजित बजेटको ८०.४५ प्रतिशत खर्च भएको छ । जसमध्ये ८३.४३ चालु खर्च भएको छ भने ६३.४७ प्रतिशत पुँजीगत खर्च भएको छ । यस्तै वित्तीय व्यवस्थापनतर्फ ८६.०७ प्रतिशत खर्च भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा काङ्ग्रेसले सरकार छाड्ने धम्की दिएपछि बस्यो संयन्त्रको बैठक
-
बाँकेमा लागु औषधसहित दुई जना पक्राउ
-
‘बबल एन्ड क्र्यास’को कथा
-
सामाजिक सञ्जाल नियमन गर्ने विधेयक संसदमा पेस गर्ने सरकारको निर्णय
-
नागरिकमा आशा जगाउने काम गरिरहेका छौँ : उपप्रधानमन्त्री सिंह
-
आशिका तामाङलाई थप ५ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति