बैंकिङ प्रणालीमा भएको १ खर्ब तान्दै राष्ट्र बैंक
आइतबार, ३० भदौ २०८१, १२ : ३७

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीमा भएको १ खर्ब रुपैयाँ तान्ने भएको छ । प्रणालीमा अत्यधिक निक्षेप भएको र कर्जाको माग सुस्त भएपछि राष्ट्र बैंकले लगातार बजारको पैसा खिचिरहेको छ ।
गएको बिहीबार मात्रै राष्ट्र बैंकले ४० अर्ब रुपैयाँ खिचेको थियो । निक्षेप संकलनको उपकरण प्रयोग गरेर बोलकबोलमार्फत आज फेरि केन्द्रीय बैंकले १ खर्ब रुपैयाँ तान्न लागेको हो ।
यसमा बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ राख्न सक्नेछन् । यो रकमको साँवा तथा ब्याज भुक्तानी असोज २० गते गर्ने राष्ट्र बैंकले जनाएको छ ।
यसमा वित्तीय संस्थाले आफूले राख्न चाहेको पैसा र ब्याजदरसमेत उल्लेख गर्नुपर्नेछ । बोलकबोलमा क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्था सहभागी हुन पाउनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले मोरङको १० औँ अधिवेशन : आज मतदान
-
दुर्गेशको आक्रोश : बधाई, मेरो कार्यक्रम रोक्न सफल हुनु भयो !
-
अहिलेको सरकार जति टिक्छ, उति माओवादीलाई फाइदा हुन्छः प्रचण्ड
-
स्ववियु निर्वाचनः फागुन २७ गते मनोनयन दर्ता
-
टिकाथलीमा बोरिङ गर्दा प्रज्वलनशील ग्यास निस्कियो
-
मेरिटोक्रेसी मिचेर दोस्रो वरीयतामा रहेकालाई सहायक क्याम्पस प्रमुख नियुक्त गरेपछि असन्तुष्टि