आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

स्पेस वाक भ्याएर पृथ्वीमा फर्किँदैछ स्पेस एक्सको पोलारिस डन

आइतबार, ३० भदौ २०८१, १२ : ०६
आइतबार, ३० भदौ २०८१

क्यालिफोर्निया । अमेरिकी अन्तरिक्ष कम्पनी स्पेस एक्सको पोलारिस डन पृथ्वी फर्किरहेको छ । पेमेन्ट प्रविधि कम्पनी सिफ्ट ४ का अरबपति सीईओ जारेड आइज्याकम्यान, स्पेस एक्सका इञ्जिनियर साराह गिलिस, स्कट ‘किड’ पोटिट र एना मेनन समेतका चारजना सर्वसाधारण अन्तरिक्षयात्री बोकेर पाँच दिनको मिसनमा अन्तरिक्ष गएको यो यान मेक्सिको खाडीमा अवतरित हुँदैछ ।

आइतबार अमेरिकी समयअनुसार बिहान ३ः ३६ बजे यो क्याप्सुल अवतरित हुँदैछ । अवतरणको स्पेशएक्सले लाइभ गर्दैछ । यो यान अन्तरिक्षमा अहिलेसम्मकै उच्च स्थानमा पुगेर आएको छ ।

बिहीबार बिहान यो क्याप्सुलमा गएका अन्तरिक्षयात्रीहरूले स्पेशवाक अर्थात् अन्तरिक्षमा हिँडेका पनि थिए । निजी क्षेत्रबाट लगानी गरेर यस्तो खालको मिसन पूरा भएको यो पहिलो पटक थियो । तर यो यात्रा सकिसकेको छैन । पृथ्वीमा फर्किनु अन्तरिक्ष मिसनको सबैभन्दा जोखिमयुक्त खण्ड हो ।

पृथ्वीमा आउने क्रममा वायुमण्डलको सबैभन्दा बाक्लो तहमा हावासँग घर्षणका कारण यान ३ हजार ५०० डिग्री फरेनहाइटसम्म तातो हुन्छ । यतिबेला यान प्रतिघण्टा २७ हजार किमिका दरले तलतिर आइरहेको हुन्छ । तर क्रु ड्र्यागनमा हिट शिल्ड लगाइएको छ । 

त्यसैले यानभित्र बसेका यात्रीहरूलाई तातोले छुँदैन । यान समुद्रमा आएर डुब्नेछ । विशेष डुङ्गामा ठिक्क परेर बसेका उद्धारकर्मीहरूले उनीहरूलाई यानबाट निकाल्नेछन् ।

 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप